रुपन्देही सुपर लिग : एमसीसी विजयी

भैरहवा, २२ फागुन ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको डिभिजन ‘ए’अन्तर्गत आइतबारको खेलामा मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले देवदह क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै जित हात पारेको छ । जितसँगै एमसीसी सुपर फोरमा प्रवेश गरेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा ३३ दशमलब २ ओभरमा सबै विकेटको क्षतिमा १ सय ८६ रन बनायो । उसका लागि सुशान्तसिंह थापाले ४८ र सविनरत्न शाक्यले ३४ रन बनाए । बलिङमा देवदहका सुदीप जिसी र अर्जुन रायमाझीले समान ३–३ तथा सुरज दरईले २ विकेट लिए ।जवाफी ब्याटिङ गरेको देवदहले २४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमै समेटियो । उसका लागि अर्जुन रायमाझीले २१ र सुरज दरईले १३ रन बनाए । बलिङमा एमसीसीका रोशनलाल गुप्ताले ४, शिवकुमार मौर्य र सन्तोष यादवले २–२ विकेट लिए । एमसीसीका सुशान्तसिंह थापा म्यान अफ द म्याच भए । उनले एक हजार २ सय रुपैयाँ प्राप्त गरे ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।





थप समाचार

नेपाल ५८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]