रुपन्देही सुपर लिग : अनिल चम्किंदा वेष्टर्नको जित

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’ को बिहीबारको खेलमा वेस्टर्न क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई १ सय १३ रनले पराजित गर्दै जीत निकालेको छ ।

टस जितेर ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ५० ओभरको खेलमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनायो । उसका लागि विक्रम भुसालले ६५, नरेन साउदले ४९, अनिल खरेलले ४१ र राहुल कुमारले ३५ रनको योगदान गरे । बलिङमा शंकरनगरका विशाल विक्रम केसीले ४ र ओम सारु मगरले २ विकेट लिए ।

प्रतिउत्तरमा शंकरनगरले २८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५० रन मात्रै बनायो । उसका लागि ओम सारु मगरले ४६, जगत क्षेत्रीले नटआउट २० र विष्णु पाण्डेले १९ रन जोडे । बलिङमा वेस्टर्नका अनिल खरेलले ७ ओभरमा २ मेर्डन राख्दै १९ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै विक्रम भुसालले ३ र प्रतिश जिसीले २ विकेट लिए । अनिल खरेल म्यान अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]