रुपन्देही सुपरलिग : रुपेशले उत्कृस्ट बलिंग गर्दै बुद्धको सहज जित

प्रकाश न्यौपाने, भैरहवा, फागुन १२

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’को खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल राइनोजलाई ८ विकेटले पराजित गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवलले निर्धारित ४६ ओभरको खेलमा ३१.२ ओभरमा अलआउट हुँदै ९४ रन मात्रै बनाउन सक्यो । उसका लागि अरविन सारुले १८, आषिस लोहनी र ईश्वर खनालले १४/१४ रन बनाए । बलिङमा बुद्धका रुपेश कुर्मीले ४ विकेट लिए जुन क्रममा ९ ओभरमा २ मेडन ओभर गर्दै १२ रन मात्र खर्चिए। यस्तै विपिन खत्री र अमित अग्रहरीले २/२ तथा रिजन प्रजु र अजय त्रिपाठीले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुद्धले १८.२ ओभरमा २ विकेट क्षतिमा ९६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा रिजन प्रजुले ३६ र निखिल यादवले नटआउट ३२ रन बनाए । बलिङमा बुटवलका अब्दुल नसिम र संदीप बश्यालले समान १/१ विकेट लिए । रुपेश कुर्मी म्यान अफ द म्याच भए ।

बिहीबार डिभिजन ‘ए’ का लुम्बिनी खुकुरी क्रिकेट क्लब र एमसीसी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

https://www.youtube.com/watch?v=VFTv3ELwjvQ

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy