रुपन्देही सुपर लिग : बुद्ध क्रिकेट क्लब विजयी

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा आइतबार भएको खेलमा बुद्ध क्रिकेट क्लबले वेस्टर्न क्रिकेट क्लबलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ७ विकेटको नोक्सानीमा २ सय ३५ रनको योगफल बनायो । उसका लागि विपिन रावलले ५६, सुरज पौडेलले २८, विपिन खत्रीले २७ र सुवाष भण्डारीले २६ रनको योगदान दिए । बलिङमा वेस्टर्नका प्रतिष जिसीले ३ र नरेन साउदले २ विकेट लिए ।

जवाफी ब्याटिङ गर्दै वेस्टर्नले २५.२ ओभरमा सबै विकेट गुमाएर १ सय २ रनमात्र बनायो । उसका लागि अनिल शाहले २६, विक्रम भुसालले १९ र शौरभ खनालले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा लक्ष्य भेट्टाउन सकेन । उसलाई सस्तैमा रोक्न बलिङमा बुद्धका विपिन खत्री र अमित अग्रहरीले ३–३ तथा रुपेश कुर्मी र सुवास भण्डारीले समान २–२ विकेट लिए । विपिन खत्री म्यान अफ द म्याच बने ।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]