रुपन्देही सुपर लिग सुरु, देवदहको विजयी सुरुवात

नेपाल टेलिकम रुपन्देही सुपर लिगको २१ औं संस्करणको प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा सुरु भएको लिगको उद्घाटन खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ ।

शनिबारको उद्घाटन खेलमा देवदह क्रिकेट युनिटले बुटवल युथ क्लबलाई ४४ रनले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको देवदहले ४० ओभरमा ८ विकेटको क्षतिमा २ सय १४ रन जोडेको थियो । देवदहका लागि कीर्तिमान ढकालले ५३, विजय सुनारले ३३, सुमनराज पाण्डेले २६ रन बनाएका थिए । सुदीप जिसीले नटआउट ५३ रन जोडे । बलिङमा बुटवलका बिनित अधिकारीले ३ विकेट लिए ।

२ सय १५ रनको लक्ष्य पाएको बुटवलले ३६ दशमलव ३ ओभरमै मात्र १ सय ७० रन बनाउन सक्यो । बुटवलका लागि दीपेन्द्र हिताङले १९, सन्तोष पाण्डेले १७ र बिनित अधिकारीले नटआउट ६३ रन बनाए । बुटवललाई हराउन देवदहका विजय सुनारले ३, कीर्तिमान ढकाल, हिल्सन क्षेत्री र विशाल ज्ञवालीले समान २/२ विकेट लिए । बुटवलका कीर्तिमान ढकाल म्यान अफ द म्याच बन्दै १ हजार २ सय रुपैयाँ पुरस्कार पाए ।

लिगमा पहिलो चरणमा १२ समूहबीच बी डिभिजनका खेल हुनेछन् । १२ टीमबाट विजेता बन्ने ४ टीम ए डिभिजन खेलका लागि माथि उक्लिने छन् । ए डिभिजनमा प्रवेश गर्ने ४ टीमले गत वर्ष ए डिभिजनमा रहेका ८ टीमसँग प्रतिस्पर्धा गर्ने रुपन्देही क्रिकेट संघका सदस्य तथा लिगका संयोजक भरत थापाले बताउनुभयो ।

लिगमा पहिलो हुने टीमले ८० हजार, दोस्रो हुनेले ४० हजार प्राप्त गर्नेछन् । बेस्ट ब्याटसम्यान, बेस्ट बलर र उदयीमान खेलाडीका लागि जनही ५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । लिगमा २० टिमको सहभागिता रहेको छ ।

लिगको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका युवा, खेलकुद तथा शिक्षा मन्त्रि वसिउद्धीन खानले प्रदेश सरकार सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । क्रिकेट खेलमा प्रदेश अघि बढिरहेकाले खेलाडीको प्रोत्साहनका लागि समेत काम गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]