रुपन्देही सुपरलिग : नितेश चम्किदा जीआरलाई सफलता

प्रकाश न्यौपाने, भैरहवा, फागुन १८

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको डिभिजन ‘ए’को खेलमा जीआर क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिङमा आएकोे देवदहले निर्धारित ५० ओभरमा ३१.४ ओभरमा सबै विकेट गुमाई ११२ रनको योगफल बनायो । उसका लागि विक्की कार्कीले ३२, अर्जुन रायमाझीले २५ र शुभम ढकालले २० रन बनाए । बलिङमा जीआरका नितेश थापाले ८ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, सिद्धान्तराज शाहीले २ तथा धिरज शाही र शौरभ खनालले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जीआरले १९.१ ओभरमा ३ विकेट क्षतिमा ११६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा राजवीर सिंहले नटआउट ४३, संदीप सुनारले २२ र विशाल भुसालले नटआउट १९ रन बनाए । बलिङमा देवदहका दीपक श्रेष्ठ, अर्जुन रायमाझी र सुरज खड्काले समान १/१ विकेट लिए ।

बुधबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र न्यू होराइजन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

धेरैले पढेको 

https://wicketnepal.com/mayor-cup-ktm-11-team-ann-wn21/

https://wicketnepal.com/hamro-rangashala-mero-kursi-abhiyan-ghoshana-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy