रुपन्देही सुपर लिग : कृष्ण एक्लैले ८ विकेट लिंदा तिलोत्तमा विजयी

प्रकाश न्यौपाने , भैरहवा, फागुन ४

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको डिभिजन ‘बी’को खेलमा तिलोत्तमा क्रिकेट क्लबले लुम्बिनी शाक्यान क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ४६ ओभरको खेलमा १७.१ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै बनायो । उसका लागि जावेद खाँनले ३१ र आकाश पाठकले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा तिलोत्तमाका कृष्ण पराजुलीले ६.१ ओभरमा १ मेर्डन राख्दै ११ रन खर्चेर ८ विकेट लिए । पराजुली म्यान अफ द म्याच भई पुरस्कृत भए । यस्तै, सन्देश जिसीले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिलोत्तमाले १८.४ ओभरमा ६ विकेट खर्चेर ७२ रन बनाउँदै जित निकाल्यो । उसका लागि संदीप केसीले १८, विकल क्षेत्री र घनश्याम थारुले नटआउट क्रमशः १४ र १३ रन बनाए । बलिङमा लुम्बिनीका गंगेशले ३, बैतुल्लाह खाँनले २ र अख्तर हुसेनले १ विकेट लिए ।

बुधबार शंकरनगर क्रिकेट क्लब र बुटवल राइनोजबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]