रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी विजयी

प्रकाश न्यौपाने, भैरहवा, फागुन १३

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले एमसीसी क्लबलाई २ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ३९ ओभरको खेलमा ३८.३ ओभरमा सबै विकेट गुमाई १३५ रन बनायो । उसका लागि मोहिन खाँनले नटआउट ३०, विजय प्रजापतीले २२, मोहम्मद हुसेनले १४ र सुशान्त थापाले १२ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका अजय लोनियाले ३, लालबहादुर थापा र शंकर रानाले २/२ तथा दुर्गेश गुप्ता र साहव आलमले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले ३७ ओभरमा ८ विकेट गुमाई १३८ रन बनाउँदै जित निकाल्यो । उसका लागि संदीप रजालीले ४०, अन्तिम थापाले नटआउट ३३ तथा सेजाद आलम र शंकर रानाले १०/१० रन बनाए । बलिङमा एमसीसीका सन्तोष रानाले ३, रोशनलाल गुप्ताले २, मोहम्मद हुसेन, शिवकुमार मौर्य र रमेश कुर्मीले समान १/१ विकेट लिए ।

खेलमा अन्तिम थापा म्यान अफ द म्याच भए । शुक्रबार डिभिजन ‘ए’ का बुटवल राइनोज र बुटवल–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]