रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यान विजयी

प्रकाश न्यौपाने, भैरहवा, फागुन ८

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘बी’को खेलमा लुम्बिनी शाक्यानले साई ग्लोबल क्रिकेट क्लबलाई २९ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २२.५ ओभर खेल्दै सबै विकेट गुमाई १३९ रन बनायो । उसका लागि अख्तर हुसेनले ३३, अजमत खाँनले २९ र रुपक सापकोटाले २१ रन बनाए । बलिङमा साई ग्लोबलका इमरान पठानले ५, आकाश त्रिपाठीले ३ र जम्बो मगरले २ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको साई ग्लोबलले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमै समेटियो । उसका लागि इमरान खाँनले २६ र आशुतोष पासवानले २५ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अख्तर हुसेनले १० ओभरमा १ मेर्डन राख्दै २३ रन खर्चेर ६ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, गंगेशले २ तथा बैतुल्लाह खाँन र अजमत खाँनले समान १/१ विकेट लिए ।

आइतबार वेष्टर्न क्रिकेट क्लब र गोलपार्क क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]