रुपन्देही सुपर लिग : बुद्ध क्रिकेट क्लब विजयी

भैरहवा।नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन ‘ए’अन्तर्गत सोमाबर भएको खेलमा बुटवल–११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जित निकालेको छ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमध्ये २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो । जसका लागि सार्वधिक अमित श्रेष्ठले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वलिङतर्फ बुद्धका विपिन खत्रीले ५, अमित अग्रहरीले ४ र सुभास भण्डारीले १ विकेट लिए ।

५४ रनको लक्ष्य पाएको बुद्धले जवाफी ब्याटिङमा ८ दशमलव ४ ओभरमै लक्ष्य पार गर्दै जित निकाल्यो । झिनो लक्ष्य पाएको बुद्धले ३ विकेटको क्षतिमा सहजै जित निकालेको हो । जितका लागि सुरज पौडेलले १७, अजय त्रिपाठीले ११ र विपिन रावलले ९ रन बनाए । बलिङतर्फ इसान पाण्डे एक्लैले ३ विकेट लिए पनि टिमले जित निकाल्न सकेन ।

सोमबारको खेलमा विपिन खत्री म्यान अफ द म्याच बने । डिभिजन ‘ए’अन्तर्गतको मंगलबारको खेल न्यू होराइजन क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच हुने संघका सचिब संजय गुरुङले जानकारी दिए ।

नेपालकै एक मात्र सुपर लिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हँुदै आएको छ । जिल्लाभित्रका २० टिममध्ये १२ टिमबीच लिगमा प्रतिस्पर्दा गराइदै छ । लिगमा टप हुने चार टिमबीच ५ चैतबाट सुपर फोरमा प्रतिस्पर्दा गर्ने छन् ।

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही पाँच पाँच हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए । प्रत्येक दिनको म्यान अफ द म्याचलाई एक हजार दुई सय रुपैयाँ प्रदान गरिँदै आएको छ ।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]