देव खनालको अलराउण्ड प्रदर्शनमा तिरुपति क्रिकेट क्लबको सानदार जित : रुपन्देही सुपर लिग

सिद्धार्थ रंगशाला भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘ए’ को खेलमा बुम एमसीसी क्रिकेट क्लब भैरहवाले लज्जास्पद हार व्यहोरेको छ। तिरुपति क्रिकेट क्लब भैरहवाले बुम एमसीसी क्रिकेट क्लबलाई ७८ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको तिरुपतिले ३१.४ ओभरमा सबै विकेट गुमाएर १३१ रनको योगफल बनाएको थियो। उसका लागि देव खनालले सर्वाधिक ५३ रन बनाए। यस्तै विपिन न्यौपानेले ३६ तथा केशव पौडेलले अविजित १३ रनको योगदान गरे।

बलिङमा बुम एसीसीका दुर्गेश गुप्ताले १० ओभरमा १ मेडन सहित राख्दै २९ रन खर्चेर ५ विकेट लिए। यस्तै तुसार चौहानले ३ तथा इखलाक अहम्मदले २ विकेट हात पारे।

जवाफमा १३२ रनको लक्ष्य पछ्याएको बुम एमसीसी १८.५ ओभरमा सबै विकेट गुमाएर ५३ रनमा समेटियो। ४९ रन बनाउँदा ४ विकेट गुमाएको उसले थप ४ रन जोड्दा बाँकि ६ विकेट गुमायो। उसका लागि रोशन थामीले १८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा तिरुपतिका देव खनालले सर्वाधिक ४ विकेट लिए। यस्तै सुलभ ढुंगानाको नाममा ३ विकेट रह्यो। तिरुपतिका देव खनाल खेलमा म्यान अफ दी म्याच घोषित भए।

समाचार स्रोत :  प्रशान्त मल्ल 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy