रूपन्देही सुपरलिगको उपाधि एमसिसीलाई

रूपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न रूपन्देही सुपर लिगको उपाधि मेलवर्न क्रिकेट क्लब (एमसिसी)ले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै एमसिसीले उपाधि हात पारेको हो।

एमसिसीले उपाधिसँगै नगद ८० हजार पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। विगत २५ वर्षदेखि भैरहवामा भइरहेको सुपर लिगको इतिहासमा एमसिसीले योसँगै चारपटक उपाधि जितेको छ।

प्रतियोगितामा उपविजेता बनेको बुद्ध क्रिकेट क्लबले ४० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ११.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २८ रन मात्रै बनाएको थियो। उसका लागि अजय त्रिपाठीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। उसलाई सस्तैमा रोक्न एमसिसीका रमेश कुर्मीले ५.५ ओभर बलिङ गर्दै ३ मेर्डन राखेर ७ रन खर्ची ६ विकेट लिए। यस्तै, सन्तोष यादवले ३ तथा शिवकुमार मौर्यले १ विकेट लिए।

जवाफी ब्याटिङ गरेको एमसिसीले ७ ओभरमा एक विकेटको नोक्सानीमा २९ रन बनाउँदै जित निकाल्यो। उसको जितमा सुशान्त थापाले नटआउट १५ र विजय प्रजापतिले नटआउट ८ रन जोडे। बलिङमा बुद्धका विपिन खत्रीले एक विकेट लिए।

प्रतियोगितामा एमसिसीका रमेश कुर्मी म्यान अफ द फाइनल घोषित भए।

यस्तै, एमसिसीका रोशनलाल गुप्ता म्यान अफ द सिरिज र बेष्ट बलर घोषित भए भने एमसिसीकै विजय प्रजापति बेष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी घोषित भए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]