रुपन्देही सुपर लिग : शंकरनगरको जितमा विशाल उत्कृस्ट

१८ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन बीको बुधबारको खेलमा शंकरनगर क्रिकेट क्लब विजयी भएको छ । शंकरनगरले बुटवल राइनोज क्रिकेट क्लबलाई २६ रनले पराजित गरेको हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय १२ रनको योगफल बनाएको थियो ।

उसका लागि विशाल विक्रम केसीले ६६, विराट भण्डारीले ५७ रनको योगदान गरे । बलिङमा बुटवल राइनोजका सञ्जु बोहराले ३, कुशल सिंह र अमृत थापाले समान २–२ विकेट लिए ।

जवाफी व्याटिङ गरेको बुटवल राइनोज ४९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ८६ रनमै समेटियो । उसका लागि दीपक डुम्रेले ४२ र सुरज सारुले ३९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा शंकरनगरका सन्तोषबहादुर खत्रीले ३, विशाल विक्रम केसीले १ विकेट लिए ।

म्यान अफ द म्याच हुँदै विशाल विक्रम केसीले १ हजार २ सय रुपैयाँ प्राप्त गरे । बिहीबार डिभिजन बीअन्तर्गतको अन्तिम खेलमा शंकरनगर क्रिकेट क्लब र गोलपार्क क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]