रुपन्देही सुपर लिग : डिभिजन ‘ए’ का खेल सुरु, एमसीसीद्वारा होराइजन पराजित

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत आजबाट डिभिजन ‘ए’ का खेल सुरु भएका छन् ।

डिभिजन ‘ए’ को पहिलो खेलामा एमसीसीले होराइजन क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले निर्धारित ५० ओभरको खेलमा २२ ओभरमा खेल्दै सबै विकेट गुमाएर ५१ रनमै समेटियो । उसका लागि विक्रमसिंह विकलले २३, विशाल खत्रीले ८ र कुशल मल्लले ७ रन बनाए ।

एमसीसीका सेजाद आलम, रोशनलाल गुप्ता, रमेश कुर्मी र सन्तोष यादवले समान २–२ तथा शिवकुमार मौर्यले १ विकेट लिए । प्रतिउत्तरमा एमसीसीले १३.३ ओभरमा २ विकेटको नोक्सानीमा ५५ रन बनाउँदै जित निकाल्यो । उसका लागि विजय प्रजापतिले नटआउट १७, सुशान्त थापाले १५, मिर्नाल गुरुङले १० र सविन शाक्यले नटआउट ९ रन बनाए । बलिङमा होराइजनका पुरुषोत्तम भट्टराई र तुलबहादुर थापाले समान १–१ विकेट लिए ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]