रोड सेफ्टी वर्ल्ड सिरिज : सेहवागले आक्रामक ब्याटिंग गर्दा भारत लेजेन्ड्सको सहज जित

२०७७ फाल्गुन २१, शुक्रबार २३:०५

गत वर्ष मार्चमा कोरोना महामारीका कारण बिचैमा रोकिएको रोड सेफ्टी वर्ल्ड सिरिज टि-२० ले पुनः निरन्तरता पाएको छ। गत वर्ष उक्त सिरिजको ४ वटा मात्र सम्भव भएको थियो। प्रतियोगितामा भारत लेजेन्ड्स, वेस्टइन्डिज लेजेन्ड्स, अस्ट्रेलिया लेजेन्ड्स र श्रीलंका लेजेन्ड्स, दक्षिण अफ्रीका लजेन्ड्स र बंगलादेश लेजेन्ड्स सहभागी रहेका छन्।

पुनः निरन्तरता पाएको सिरिज अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा भारत लेजेन्ड्सले तेश्रो खेलमा विजयी यात्रा जारि राख्ने क्रममा बंगलादेश लेजेन्ड्सई १० विकेटले पराजित गरेको छ।

सहिद वीर नारायण सिंह स्टेडियम, रायपुर भारतमा सम्पन्न खेलमा बंगलादेश लेजेन्ड्सले दिएको ११० रनको लक्ष्य भारत लेजेन्ड्सले १०.१ ओभरमा विकेट नगुमाई पुरा गरेको हो।

भारतको जितमा ओपनरद्वय बिरेन्द्र सेहवाग र सचिन तेन्दुलकरले अविजित रहँदै ब्याटिंग गरे। आक्रामक ब्याटिंग गरेका सेहवागले ३५ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए। तेन्दुलकरले २६ बलमा ५ चौका मद्दतले ३३ रन बनाए।

सेहवाग र सचिनले शतकीय साझेदारी गरे

४२ वर्षीय पुर्व भारतीय क्रिकेटर सेहवागले मोहम्मद रफिकले गरेको इनिंग्सको पहिलो ओभरमा ३ चौका र १ छक्का प्रहार गर्दै कुल १९ रन बनाएका थिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बंगलादेश लेजेन्ड्सले १९.४ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनएको थियो। उसको लागि ओपनर मोहम्मद नाजिमुद्दीनले सर्वाधिक ४९ रन बनाए। जाभेद ओमर र मोहम्मद रफिकले समान १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतको बलिंगमा विनय कुमार, प्रज्ञान ओझा र युभराज सिंहले समान २ विकेट तथा मनप्रित गोनीले १ विकेट लिए।

जितपछि ३ वटा खेलमा जित दर्ता गरेको भारत १२ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। दक्षिण अफ्रीका र श्रीलंका लेजेन्ड्स समान ४ अंक बटुल्दै दोश्रो र तेश्रो स्थानमा रहेको छ।

सिरिज अन्तर्गत शनिवार राति ७:१५ बजे श्रीलंका लेजेन्ड्स र वेस्टइन्डिज लेजेन्ड्स बीच प्रतिस्पर्धा हुनेछ।

धेरैले पढेको 

https://wicketnepal.com/ktm-mayor-cup-kun-team-ma-ko-ko-wn21/

https://wicketnepal.com/pat-cent-bharat-aghi-wn21-test-4th/

https://wicketnepal.com/pat-cent-bharat-aghi-wn21-test-4th/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy