टि-२० विश्वकपको लागि बंगलादेश टिमको घोषणा

२०७८ भाद्र २४, बिहीबार १४:०५

अनुभवी फास्ट बलर रुबेल हुसेनलाई बाहिर राख्दै बंगलादेशले आगामी टि-ट्वान्टी विश्वकपको लागि टिमको घोषणा गरेको छ।

हुसेनलाई रिजर्भ खेलाडीको सूचीमा राखिएको छ। ३१ वर्षीय हुसेनले २८ टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए र अन्तिम पटक न्युजिल्यान्ड बिरुद्ध अप्रिलमा राष्ट्रिय टिमबाट खेलेका थिए। अनुभवी तैजुल इश्लाम र मोसद्देक हुसेनलाई मौका दिईएको छैन जो टि-२० टिममा नियमित थिएनन्। हुसेन र अमिनुल इश्लामलाई रिजर्भ खेलाडीको रुपमा समाबेश गरिएको छ।

महमुदुल्लाह कप्तानीको टिममा अस्ट्रेलिया बिरुद्ध कमजोर प्रदर्शनका बाबजुद सौम्य सरकारलाई स्थान दिईएको छ। तामिम इक्बालले नाम फिर्ता लिएका कारण देब्रे हाते ब्याट्सम्यान सरकारले मौका पाएका हुन् जसले अस्ट्रेलिया बिरुद्ध सिरिजमा ५ खेलमा मात्र २८ रन बनएका थिए। न्युजिल्यान्ड बिरुद्ध जारी सिरिजको ४ खेलमा उनलाई अन्तिम-११ मा राखिएको छैन।

अस्ट्रेलिया र न्युजिल्यान्ड बिरुद्ध सिरिजमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरुलाई छनोटकर्ताहरुले स्थान दिएका छन्। टिममा ८ जना ब्याट्सम्यान, २ अलराउण्डर र ४ फास्ट बलर र १ स्पेसलिस्ट स्पिनर राखिएको छ।

अक्टोबर १७ देखि सुरु हुने विश्वकपको मुख्य राउण्ड सुपर-१२ मा छनोट हुन असफल भएको बंगलादेश समुह चरणमा स्कटल्याण्ड, ओमान र पपुवा न्यु गिनीसंग रहेका छन्। समुहको शिर्ष-२ स्थानमा रहने टिम सुपर-१२ चरणमा छनोट हुनेछ।

बंगलादेश टिम : महमुदुल्लाह ( कप्तान ) , मोहम्मद नैम, सौम्य सरकार, लिटन दास ( विकेटकिपर ) , शाकिब अल हसन, मुश्फीकुर रहिम, अफिफ होसेन, नुरुल हसन, मेहदी हसन, नसुम एहमद, मुस्तफिजुर रहमान, शोरिफुल इश्लाम, तास्किन एहमद, मोहम्मद सैफुद्दीन र शमिम होसेन

२०२१ टि-२० विश्वकपको लागि हालसम्म घोषित टिमहरु :

भारत : बिराट कोहली ( कप्तान ) , रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशान ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभीन्द्र जडेजा, राहुल चाहर, रभीचन्द्रन आश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, मोहम्मद शामी

न्युजिल्यान्ड : केन विलियमसन ( कप्तान ) , टोड एसल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कनवे, लकी फर्गुसन, मार्टिन गप्टिल, कायल जेमीसन, ड्यारिल मिचेल, जिम्मी निशम, ग्लेन फिलिप्स, मिचेल स्यांटनर, टिम सेफर्ट ( विकेटकिपर ) , इश सोढ़ी र टिम साउदी

अस्ट्रलिया : आरोन फिन्च ( कप्तान ) , एस्टन एगर, प्याट कमिन्स ( उपकप्तान ), जोस हेजलवुड, जोश इंगलिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्वेपसन, म्याथु वेड, डेभिड वार्नर, एडम जाम्पा

पाकिस्तान : बाबर आजम ( कप्तान ), शदाब खान ( उपकप्तान ), असिफ अलि, आजम खान, हरिस रौफ, हसन अलि, इमाद वासिम, खुस्दिल शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहमम्द रिज्वाज, मोहम्मद वासिम जुनीयर, शाहिन अफ्रिदी, र शोयब मक्सुद

ओमान : जिशान मक्सुद ( कप्तान ) , अकिब इल्यास ( उपकप्तान ) , जतिन्दर सिंह, खवर अलि, मोहम्मद नदीम, आयान खान, सुरज कुमार, सन्दिप गौड, नेस्टोर धाम्बा, कलेमुल्लाह, बिलाल खान, नसिम खुसि, सुफ्यान मेहमुद, फयाज बट र खुर्रम खान

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy