रुबिनाको अर्धशतकमा नेपालद्वारा कतारलाई कठिन लक्ष्य

कतार बिरुद्ध तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाली महिला क्रिकेट टिमले कतारलाई १३० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिंग रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १२९ रन बनायो।

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले व्यक्तिगत पहिलो टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा ५० रन बनाईन् जुन क्रममा उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। यस्तै कविता कुँवरले ३० बलमा २ छक्का प्रहार गर्दै ३१ रन तथा अप्सरी बेगमले अविज्ती १७ बलमा १ चौका मद्दतले २३ रन बनाईन्। रुबिनाले कवितासंग तेश्रो विकेटको लागि ५६ रनको तथा छैठौं विकेटको लागि अप्सरीसंग ३७ रनको साझेदारी गरिन्। रुबिना अन्तिम ओभरमा आउट हुन पुगिन्।

कतारको बलिंग मा एन्जेलिन मारेले २ विकेट तथा अलिना खान, सबिजा पनायान र साची धाडवालले समान एक विकेट लिए।

आजको खेलमा नेपाल विजयी भए नेपाली महिला क्रिकेट टिमले जितेको पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ। नेपालले हालसम्म कुनै पनि टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता या सिरिज जितेको इतिहास छैन।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई ११९ रनको रेकर्ड अन्तरले पराजित गर्दै सिरिजमा १-० को अग्रता हाँसिल गरेको थियो।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]