रुबिनाको अर्धशतकमा नेपालद्वारा कतारलाई कठिन लक्ष्य

२०७८ मंसिर १, बुधबार १७:१७

कतार बिरुद्ध तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाली महिला क्रिकेट टिमले कतारलाई १३० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिंग रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १२९ रन बनायो।

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले व्यक्तिगत पहिलो टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा ५० रन बनाईन् जुन क्रममा उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। यस्तै कविता कुँवरले ३० बलमा २ छक्का प्रहार गर्दै ३१ रन तथा अप्सरी बेगमले अविज्ती १७ बलमा १ चौका मद्दतले २३ रन बनाईन्। रुबिनाले कवितासंग तेश्रो विकेटको लागि ५६ रनको तथा छैठौं विकेटको लागि अप्सरीसंग ३७ रनको साझेदारी गरिन्। रुबिना अन्तिम ओभरमा आउट हुन पुगिन्।

कतारको बलिंग मा एन्जेलिन मारेले २ विकेट तथा अलिना खान, सबिजा पनायान र साची धाडवालले समान एक विकेट लिए।

आजको खेलमा नेपाल विजयी भए नेपाली महिला क्रिकेट टिमले जितेको पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ। नेपालले हालसम्म कुनै पनि टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता या सिरिज जितेको इतिहास छैन।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई ११९ रनको रेकर्ड अन्तरले पराजित गर्दै सिरिजमा १-० को अग्रता हाँसिल गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy