प्रधानमन्त्री कप : रुबिनाको कप्तानीमा प्रदेश नं-१ को टिम घोषित

पुष ११ गते देखि दाङमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश नम्बर-१ ले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

राष्ट्रिय क्रिकेट टिमको समेत कप्तान रुबिना क्षेत्रीको कप्तानी रहने टिममा काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता राई, सबनम राई जस्ता राष्ट्रिय क्रिकेटरहरु रहेका छन्। टिमको छनोट पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामा र राजकुमार प्रधान तथा टिकाराम पुरी रहेको छनोट समतिले गरेको छ।

१४ सदस्यीय टोलि :- रुबिना क्षेत्री, काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, सबनम राई, ज्योति दनवार, निगीमा तामांग, निशा शाह, लकिता राजबंशी, अलिशा खड्का, स्मृति कटवाल, संगम तामांग, जमुना कार्की , अतिरिक्त खेलाडीहरु : पायल मगर, टिका शाह, अंशु जैसवाल, भिम कुवर

प्रतियोगितामा प्रदेश नम्बर-१ समुह ‘बि’ मा रहेको छ जुन समुहमा सुदुर पश्चिम, बागमती र गण्डकी प्रदेश रहेका छन्। प्रदेश-१ ले समुह चरणमा पहिलो खेल पुष १४ गते बागमती बिरुद्ध खेल्नेछ भने पुष १५ गते सुदुर पश्चिम तथा पुष १६ गते गण्डकी प्रदेश बिरुद्ध खेल्नेछ।

सम्बन्धित :-

https://wicketnepal.com/pm-cup-womens-khel-talika-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy