रुबिनाको अविजित अर्धशतक, काठमाण्डौ प्ले-अफमा प्रवेश

कप्तान रुबिना क्षेत्रीले अविजित ५९ रनको पारि खेलेपछि क्याट क्विन्स काठमान्डौले जारि वुमन्स च्याम्पियन्स लिग क्रिकेट अन्तर्गत ललितपुर फ़ाल्कोन्सलाई ८ विकेटले पराजित गरेको छ । (स्कोरकार्ड)

उसले प्रतियोगिता अन्तर्गत लगातार ३ खेल जित्दै प्ले अफमा स्थान सुरक्षित गरेको छ । पोखरा पल्टन र ललितपुर फ़ाल्कन्सले लगातार ३ खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरीपछि चितवन राइनोज, क्याट क्विन्स काठमान्डौ र बिराटनगर टाइटन्स प्ले-अफमा पुगेका हुन् । (पोइन्ट्स टेबल)

ललितपुरले दिएको १०६ रनको लक्ष्य पछ्याएको काठमान्डौले १७।२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । ५२ बलको सामना गरेकी ओपनर तथा कप्तान रुबिनाले ९ चौका र १ छक्का प्रहार गरिन् । ४७ बलमा अर्धशतक पुरा गरेकी उनले यसअघि पोखरा पल्टन बिरुद्द पनि अर्धशतक बनाएकी थिइन् ।

अप्सरी बेगम ७ रनमा अविजित रहंदा रश्मि चौलागाई र रोमा थापाले क्रमश: ९ रन र १८ रन बनाए । ललितपुरकी एलिसा केसी र सम्झना खड्काले समान १/१ विकेट लिए ।

किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिंग थालेको ललितपुरले ५ विकेटको क्षतिमा १०५ रन बनायो । उसका रोशनी बोहराले अविजित २९ रन बनाउन ५० बलको सामना गर्दा कप्तान नेरी थापाले २२ रन, ममता चौधरीले १५ रन र गीता घोसाईले १३ रन बनाए । काठमान्डौका इश्वरी बिस्टले २ विकेट, सुमन बिस्ट र सरस्वती चौधरीले १/१ विकेट लिए ।

लिग चरणको समाप्तीमा दोश्रो र तेस्रो स्थानमा रहने टिमले ईलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् भने पहिलो स्थानमा रहने टिमले सिधै फाइनल खेल्नेछ ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]