अरु उपाय छैन, यो पटक ट्रफी लिएर आउने छौँ : रुबिना क्षेत्री ( अन्तर्वार्ता )

Rubina Chhetry
  • विकेटनेपाल, पुष २७ , शुक्रवार 

थाईल्याण्डमा शनिवार देखि नेपाली महिला राष्ट्रिय टिमले वुमेन्स टि-२० स्म्यास प्रतियोगितामा सहभागिता जनाउँदै छ। १ वर्ष लामो अन्तरालपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नेपाली टिम शुक्रवार दिउँसो थाईल्याण्ड प्रस्थान गरेको छ। पछिल्लो समय प्रतियोगिता अभाव र खेलेको पछिल्लो प्रतियोगिताहरुमा प्रदर्शनको कारण खस्केको भनिएको महिला क्रिकेट विनोद दासको प्रशिक्षण पछि तुलनात्मक रुपमा बलियो भएको आंकलन गरिएको छ। महिला टिम थाईल्याण्ड प्रस्थान गर्नु अघि टिम कप्तान रुबिना क्षेत्रीले विकेटनेपालसंग गरेको छोटो कुराकानी –

प्रतियोगिताको लागि नेपालको तयारी कस्तो भएको छ ? 

थोरै समय देखिए पनि समग्र रुपमा हामीले अधिकतम खेल अभ्यासहरु गरेका छौँ। टिम छनौट गर्न पनि खेलको प्रदर्शन हेर्यौ। करिब ८ वटा खेलहरु खेलेका छौँ जुन टियु मैदानको मध्य पिचमा खेल्यौं। यो पटक हामीले फिटनेस सबै दिन गर्यौं। जति पनि दिन पायौं योजनावद्ध तरिकाले अभ्यास गरेका छौँ।

प्रशिक्षक विनोद दास हुनाले अभ्यास पहिले भन्दा फरक भएको हो ? 

प्रत्येक प्रशिक्षक संग आफ्नै शैली हुन्छ। विनोद दास पुर्व खेलाडीको रुपमा हाम्रो सबै कुरा बुझ्नु हुन्छ। हामीले अभ्यासको पहिलो सेसन फिटनेसमा बितायौं र त्यसपछि ब्याटिङ र बलिङ सेसन हुन्थ्यो। एउटा लिडरको रुपमा र पुर्व कप्तानको रुपमा मैले धेरै कुरा सिक्न पाएँ। एउटा फास्ट बलरको रुपमा पनि धेरै कुरामा सहयोग गर्यो दाईको ( विनोद दासको ) उपस्थितिमा । टिमको आत्मविश्वास एकदमै बढेको छ।

Nepal Women's National Cricket Team
Nepal Women’s National Cricket Team

प्रतियोगितामा हाम्रो लक्ष्य के हुनेछ ? 

हामिसंग अरु उपाय पनि छैन, हामीले धेरै खेलहरु बिगतमा दुर्भाग्य र मेहनतको कमिले हारेका छौँ, यो पटक चै हामी ट्रफी लिएर आउने छौँ।

नेपाली टिमको बलियो पक्ष के रहेको छ ? 

जहिले हाम्रो कमजोर पक्ष ब्याटिङ हो। तर यो पटक चै हामी ३ वटै पक्ष ब्याटिङ, बलिङ र फिल्डिङमा उही स्तरमा छौँ जस्तो लाग्छ। त्यो सन्तुलनले गर्दा टिम पक्कै पनि राम्रो हुने हो किन भने प्रत्येक अभ्यास खेलमा हामीले १०० भन्दा माथिको योगफल तयार गरेका थियौं त्यो हिसाबले ब्याटिङ बलियो पक्ष हो। फिटनेसले गर्दा पनि हाम्रो फिल्डिङमा चै परिवर्तन आएको छ।

टिममा आएका ४-५ जना नयाँ खेलाडीहरु कस्ता छन् ? 

उनीहरुमा पनि धेरै परिपक्वता आएको छ। उनिहरु टिममा नयाँ भए पनि पहिले धेरै खेलहरु खेलीसकेका छन्। उनीहरुमा म आत्मविश्वास देख्छु। त्यस्तो डरको वातावरण छैन। दाईले ( विनोद दासले ) सबैलाई बराबर व्यबहार गर्नु भएको छ। बन्द सत्रमा सबैलाई बराबरी गर्नु भएको छ , सिनियर-जुनियर भनेर नयाँ पुरानो भनेर त्यसको भेदभाव केहि भएको छैन त्यही भएर सिनियर र जुनियर दुवैमा आत्मबिश्वास छ।

Rubina Chhetry
Rubina Chhetry

प्रतियोगिताको कुन टिमले नेपाललाई चुनौती दिन सक्छ ? 

इन्डोनेसिया र म्यानमारको बारेमा हामीलाई थाहा छैन, उनीहरुको खेल हेरेका छैनौँ। अरु टिमको तुलना गर्दा थाईल्याण्ड हामी भन्दा बलियो हैन र नेपाल पनि थाईल्याण्ड भन्दा बलियो हैन , हामी ९०/१०० को स्तरको टिम हौँ त्यस कारण जसले राम्रो खेल्छ त्यसैले खेल जित्नेछ।

नेपाली टिम :- रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उप कप्तान ) , करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरति विडारि, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता चौधरी, बिन्दु रावल

सपोर्ट स्टाफ – बिनोद दास ( प्रशिक्षक )  अमृता पौडेल ( टिम व्य्बस्थापक ) , सकुना दानी ( फिजीयो )

नेपालसहित प्रतियोगितामा भुटान, हंगकंग, युएई, चीन, मलेसिया, थाईल्याण्ड , थाईल्याण्ड ‘ए’ , इन्डोनेसिया, म्यानमार गरि १० टोलिको सहभागिता रहनेछ। सहभागी १० टोलिलाई ५/५ टिमको २ वटा समुहमा बिभाजन गरिनेछ। नेपाल रहेको समुहमा युएई , चीन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। दुवै समुहमा एक अर्का बीच १/१ खेल खेलीसकेपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालले जनवरी १२ तारिकमा चीनको सामना गर्नेछ भने १३ तारिकमा मलेसियाको, १४ तारिकमा युएईको १६ तारिकमा थाईल्याण्ड ए टिमको सामना गर्नेछ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]