रुबिना क्षेत्री सहित ७ महिला क्रिकेटर भारतमा

  • विकेटनेपाल, २७ साउन

७ रास्ट्रिय महिला क्रिकेटरहरु बिशेष प्रशिक्षणको लागि भारतको नयाँ दिल्ली पुगेका छन् l

राइजिंग क्रिकेट फर वुमेन क्लब क्लबको प्रतिनिधित्व गर्ने ७ जना खेलाडी र १ जना ब्यबस्थापकको टिम शुक्रबार दिल्लीको टि.एन. मेमोरियल क्रिकेट एकेडेमीको निमन्त्रणामा भारत पुगेको हो l

महिला रास्ट्रिय क्रिकेट टिम कप्तान रुबिना क्षेत्री, पुर्ब कप्तान नेरी थापा सहित आरति बिडारी, रोम थापा, सुमन खतिवडा, गीता गोसाई, अश्मिना कर्माचार्य प्रशिक्षण टोलिमा छन् l

१५ दिन भारतमा बिताउने टोलिले टि.एन. मेमोरियल क्रिकेट एकेडेमीमा अभ्यास खेल खेल्ने तथा बिशेष प्रशिक्षण समेत लिनेछ l प्रशिक्षणको लागि राइजिंग क्रिकेट फर वुमेनलाई टि.एन. मेमोरियल क्रिकेट एकेडेमीले निमन्त्रणा दिएको थियो l

आउदै गरेको महिला टि-२० बिश्वकप छनौट प्रतियोगिताको तयारी तथा एक्सपोजरको लागि टिम भारत अभ्यास भ्रमण गरेको भ्रमण टोलिकि सदस्य आरति बिडारीले भ्रमण अघि विकेटनेपाललाई जानकारी गराएकि छिन् l

राइजिंग क्रिकेट वुमेनले यसै बर्ष बैशाखमा सम्पन्न अत्तरिया कप महिला क्रिकेटको उपाधि जित्ने क्रममा फाइनल खेलमा शशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै २ लाख रुपियाँ जितेको थियो l क्लबले देश विदेशमा बिभिन्न प्रतियोगितामा सहभागीता जनाउने तथा प्रतियोगिताहरु आयोजना समेत गरिरहेको छ l

 

 





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]