काठमाण्डौको जितमा रुबिना क्षेत्रीको कीर्तिमानी अर्धशतक

बुधबारदेखि सुरु भएको वुमन्स च्याम्पियन्स लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा क्याट क्विन्स काठमान्डौले पोखरा पल्टनलाई ८२ रनले पराजित गरेको छ ।

काठमान्डौको जितमा कप्तान रुबिना क्षेत्रीले अविजित ८३ रनको पारि खेलिन् । उनकै अर्धशतकको मद्दतमा काठमान्डौले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । वुमन्स लिगको पहिलो अर्धशतक बनाउनेक्रममा रुबिनाले ६७ बलमा १४ चौका र २ छक्का हिर्काइन । उनले ४७ बलमा अर्धशतक बनाएकी थिइन् ।

१९ रनको व्यक्तिगत स्कोरमा ब्याटिङ्ग गरिरहेकी रुबिना एलबीडब्ल्यु आउट भएकी थिइन् । तर थर्ड अम्पाएरले नो बल दिएपछि जीवनदान पाइन् ।

काठमान्डौकी कप्तान रुबिना र पोखराकी कप्तान सिता

 

यस्तै रमा थापाले १९ रन, शोभा आलेले १२ रन र इश्वरी बिस्टले अविजित १० रन बनाए । बलिङ्गमा पोखराकी अनुराधा चौधरीले ४ विकेट लिन ४ ओभरमा २८ रन खर्चींईन ।

जवाफमा उत्रेको पोखरा पल्टन १६.५ ओभरमा ७० रनमा समेटियो । उसका कप्तान सिता मगरले सर्बाधिक १७ रन बनाईन । ५ खेलाडी रन आउट भए । पोखरालाई सस्तैमा समेट्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी वेगमले समान २/२ विकेट लिए ।

काठमान्डौले शनिबार आफ्नो तेस्रो खेलमा बिराटनगर टाइटन्ससंग खेल्ने छ भने पोखराले बुधबारनै टाइटन्सको सामना गर्ने छ । यसअघि बुधबार सम्पन्न उद्घाटन खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमान्डौलाई पराजित गरेको थियो ।





थप समाचार

अर्जुन ट्रफी : दशरथ चन्द एकेडेमी र घोडाघोडी–११ विजयी

कैलाली । क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा दशरथ चन्द एकेडेमी बैतडी र घोडाघोडी–११ सुख्खड […]

थाइल्यान्डमाथि नेदरल्यान्ड्सको जित

काठमाडौं । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा थाइल्यान्डमाथि नेदरल्यान्ड्सले एक विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा बिहिवार […]

अर्जुन ट्रफीः बोष्टन झापाको जितले डडेल्धुरा र धनगढी सेमिफाईनलमा

कैलाली, माघ २३ क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले सान्त्वना जित हात […]

नेपालको लगातार पाँचौं हार

काठमाडौं। नेपाल त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० सिरिजअन्तर्गत पाँचौं खेलमा पनि पराजित भएको छ। बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले […]

लोकेशको अर्धशतकमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी

क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुटवलले विजयी सुरुवात गरेको छ । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको […]

नेपालको लगातार चौथो हार

काठमाडौं । त्रिकोणात्मक टी–२० आई महिला सिरिअन्तर्गत आफ्नो चौथो खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा […]