रुबिनालाई भारतीय कम्पनिको प्रायोजन

भारतीय खेल सामग्री उत्पादन कम्पनि केआई स्पोर्ट्सले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीलाई एक वर्षे प्रायोजन गरेको छ।

भारतको दिल्ली केन्द्रित कम्पनिले रुबिनालाई आगामी वर्ष अगस्ट सम्म एक वर्षको लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउनेछ। सामग्री संगै रुबिनालाई कम्पनिले रकम समेत दिनेछ जुन रकम दुवै पक्षले खुलाएको छैन।

अनुबन्ध पछि क्षेत्रीले खुसि व्यक्त गर्दै केआई स्पोर्ट्सले स्तरीय सामग्री उत्पादन गर्ने र अनुबन्ध थप लम्बिने विश्वास व्यक्त गरिन्।

रुबिना नेरी थापा पछि सन् २०१२ देखि नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हेलीरहेकी छैन। नेपाली महिला क्रिकेट टिम हाल नोभेम्बर २२ तारिख देखि मलेसियामा आयोजना हुने महिला टि-२० विश्वकप एसिया छनोटको तयारी गरिरहेको छ। विस्तृतमा – महिला विश्वकप छनोटको बन्दप्रशिक्षणको लागि २४ सदस्यीय टिमको घोषणा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy