फिचर फोटो – रुबिना क्षेत्री ( फाइल तस्बिर )
- विकेटनेपाल, फाल्गुन ११ – सिताराम ओझा (धनगढी)
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ। सेमीफाईनलमा पुग्ने अन्तिम टोलीको आजको खेलले टुङगो लागेसँगै सेमीफाईनल समिकरण पुरा भएको हो । आज भएका दुई खेलहरुमा पुर्वान्चल र मध्यमान्चलले जित हात पारेका छन् ।
शुक्रवारको पहिलो खेलमा नेपाली टोलीकी कप्तान समेत रहेकी पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध फराकिलो जित दर्ता गर्दै समुह उपविजेता बन्दै सेमिफाईनल पुगेको छ।
टस जितेर व्याटिङ गरेको पुर्वाञ्चलले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतीमा १ सय ३४ रन बनायो । उसका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुवीना क्षेत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान दिए। तेश्रो विकेटका लागी क्षेत्री र श्रेष्ठले ६८ रनको साझेदारी गरेकी थिए। मध्यपश्चिमाञ्चलकी अनुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १/१ विकेट लिए।
१ सय ३५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको मध्यपश्चिमाञ्चलले अतिरिक्त १२ रनका बाबजुत १९ ओभरमा सबै विकेट गुमाउदै ३६ रनमै समेटियो । उसका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडीले खाता समेत खोल्न सकेनन्। मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्री, अनुपमा चौधरी र संगम तामाङले समान २/२ विकेट लिईन्। खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्री भईन्।
शुक्रवारनै भएको दोश्रो खेलमा मध्यमाञ्चल सुदुरपश्चिममाथि १२ रनको जित निकाल्दै समुह विजेता बनेर अन्तिम चारमा पुगेको छ।
टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो। उसका लागि सिता श्रेष्ठले २३, अस्मीता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले १४/१४ रनको योगदान दिए। दोश्रो विकेटका लागि रोशनी र अस्मिताले २९ रनको साझेदारी गर्दै मध्यमाञ्चललाई सम्मानजनक योगफल सम्म पुर्याए। सुदुरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुँवर र लक्ष्मी साउदले समान १/१ विकेट लिईन् ।
१ सय ६ रनको मध्यम लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरुवातका वावजुत हार व्यहोर्न परेको ह। सुदुरपश्चिमले २० ओभरमा ३ विकेटको क्षतीमा ९३ रन मात्रै बनाउन सक्यो जसका लागी सुरुवाती खेलाडी कविता कुँवर र कप्तान मञ्जु वोगटीले ३६ रनको साझेदारी गरेकी थिईन्। कविताले २२ रन बनाईन् भने कप्तान मञ्जुले ८ रन बनाईन्। बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि तेश्रो नम्वरमा व्याटिङ गर्न आएकी कविता जोशीले अविजित रहदै ३९ रन वनाए पनि आफ्नो टिमलाई जिताउन सकिनन्। नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भईन्।
सेमिफाइनलका दुबै खेलहरु शनिबार धनगढीको फाप्ला मैदानमा हुनेछन्। पहिलो सेमिफाइनलमा मध्यमान्चलले पुर्वान्चलको सामना गर्ने छ भने दोश्रो खेलमा सुदुरपश्चिमाञ्चलले विभागीय टोलि एपिएफको सामना गर्नेछ।