अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न रुबिना र सिता युएई प्रस्थान

२०७९ बैशाख १७, शनिबार २१:१३

युएईमा यही वैशाख १८ देखि जेठ १ गतेसम्म अयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्न लाग्नुभएका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री र सिता रानामगरलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विदाई गरेको छ ।

रुविना र सितालाई क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल, क्रिकेट प्रशिक्षक जगत टमटा, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायतले विदाई गरे । रुविना र सिता आज युएई प्रस्थान गरिसकेका छन्।

क्रिकेट हङकङको आयोजनामा हुने टी-२० प्रतियोगितामा रुविनाले द बर्मी आर्मीबाट र सिताले टिम टोर्नाडोजबाट खेल्दै छन् । नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल्न लागेको यो पहिलो पटक हो ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy