डिपिएल-३: काठमाण्डौको १३४ रनको लक्ष्य पछ्याउँदै रुपन्देही

धनगढी प्रिमियर लिग अन्तर्गत छैठौं दिनको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३३ रनको योगफल तयार पार्यो। उसका गौरव तोमर मात्र ८ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए। उनले ८ बलमा १ छक्का प्रहार गरे।

दोश्रो विकेटको लागि अनिल शाह र ज्ञानेन्द्र मल्लले ३३ रनको साझेदारी गरे। मल्ल १२ रन (११ बल, २ चौका) र अनिल २३ रन (२६ बल, २ चौका, १ छक्का) मा आउट भए।

चौथो विकेटको लागि अंकित दबास र मेहबुब आलमले ३३ रनको साझेदारी गरे। आलम अनिल खरेलको दोश्रो विकेटको रुपमा ११ रन (१४ बल, १ छक्का) बनाएर आउट भए।

दबासले पाचौं विकेटको रुपमा आउट हुनुअघि योगेन्द्र कार्कीसँग २९ रनको साझेदारी गर्दै स्कोर १०० माथि पुर्याए। दबास ४३ रन (४० बल, १ चौका, ३ छक्का), बिक्रम भुसाल शुन्य रन (२ बल) तथा योगेन्द्र कार्की १३ रन (१४ बल) मा पेभेलियन फर्किए।

अन्त्यमा रशिद खानले ५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै टिमको स्कोरलाई अगाडी बडाए। नन्दन यादवले अन्तिम बलको सामना गर्दा शुन्य रनमा अविजित रहे।

बलिंगतर्फ रुपन्देहीको लागि युवा देब्रेहाते स्पिनर अनिल खरेलले किफायती बलिंग गर्दै ४ ओभरमा १९ रन खर्चिए। उक्त क्रममा उनले १ मेडन समेत राख्दै अनिल शाह र मेहबुब आलमलाई पेभेलियन फर्काए। त्यस्तै बिक्रम सोब (४-०-३०-२) र पुनित मेहरा (४-०-३९-२) ले समान २/२ विकेट लिँदा १ विकेट ललित भण्डारीको नाममा रह्यो।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]