डिपिएल-३: काठमाण्डौको १३४ रनको लक्ष्य पछ्याउँदै रुपन्देही

धनगढी प्रिमियर लिग अन्तर्गत छैठौं दिनको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३३ रनको योगफल तयार पार्यो। उसका गौरव तोमर मात्र ८ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए। उनले ८ बलमा १ छक्का प्रहार गरे।

दोश्रो विकेटको लागि अनिल शाह र ज्ञानेन्द्र मल्लले ३३ रनको साझेदारी गरे। मल्ल १२ रन (११ बल, २ चौका) र अनिल २३ रन (२६ बल, २ चौका, १ छक्का) मा आउट भए।

चौथो विकेटको लागि अंकित दबास र मेहबुब आलमले ३३ रनको साझेदारी गरे। आलम अनिल खरेलको दोश्रो विकेटको रुपमा ११ रन (१४ बल, १ छक्का) बनाएर आउट भए।

दबासले पाचौं विकेटको रुपमा आउट हुनुअघि योगेन्द्र कार्कीसँग २९ रनको साझेदारी गर्दै स्कोर १०० माथि पुर्याए। दबास ४३ रन (४० बल, १ चौका, ३ छक्का), बिक्रम भुसाल शुन्य रन (२ बल) तथा योगेन्द्र कार्की १३ रन (१४ बल) मा पेभेलियन फर्किए।

अन्त्यमा रशिद खानले ५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै टिमको स्कोरलाई अगाडी बडाए। नन्दन यादवले अन्तिम बलको सामना गर्दा शुन्य रनमा अविजित रहे।

बलिंगतर्फ रुपन्देहीको लागि युवा देब्रेहाते स्पिनर अनिल खरेलले किफायती बलिंग गर्दै ४ ओभरमा १९ रन खर्चिए। उक्त क्रममा उनले १ मेडन समेत राख्दै अनिल शाह र मेहबुब आलमलाई पेभेलियन फर्काए। त्यस्तै बिक्रम सोब (४-०-३०-२) र पुनित मेहरा (४-०-३९-२) ले समान २/२ विकेट लिँदा १ विकेट ललित भण्डारीको नाममा रह्यो।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy