रुपन्देही प्ले अफमा, धनगढी जितबिहिन हुँदै बाहिरियो

धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत सातौँ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको छ। धनगढी भने जित बिहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

स्कोरकार्ड

पहिलो चरणको अन्तिम खेलमा धनगढी स्टार्सलाई पराजित गरेसँगै रुपन्देहीले ५ खेलबाट ६ अंक बटुल्दै प्ले-अफमा स्थान पक्का गरेको छ। उसले ३ जित निकाल्दा २ हार व्यहोरेको छ। अर्कोतिर धनगढीले भने प्रतियोगिता जित बिहिन रहँदै सकाएको छ।  उसले ५ खेलमा ४ हार व्यहोर्दा १ खेल बर्षाले रद्द भएको थियो।

त्यस्तै काठमाण्डौ गोल्डेन्सले ३ जित र १ खेल बर्षाले रद्द भएपछी ७ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ। अत्तरिया भने ३ खेलमा २ जित र १ खेल रद्द भएपछी ३ खेलबाट नै ४ अंक बटुलेको छ। बिराटनगर किंग्सको पनि ४ खेलबाट ४ अंक नै छ। चौथो स्थानमा रहेको महेन्द्रनगरलाई प्ले अफमा स्थान बनाउन बिराटनगर किंग्स अत्तरियाबिरुद्द पराजित हुनुपर्ने हुन्छ।

बर्षाले गर्दा १५ ओभरमा झारिएको खेलमा रुपन्देही च्यालेन्जर्सले दिएको १०७ रनको लक्ष्य पछ्याएको धनगढी स्टार्सले १३.५ मा सबै विकेट गुमाउँदै ६७ रनमात्र बनाउन सक्यो।

धनगढीको लागि सर्बाधिक धेरै पवन सर्राफले १५ रन, सोमपाल कामिले ११ रन र सन्दिप रजालीले १० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन।

धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीको लागि ललित भण्डारीले सर्बाधिक सफल रहँदै ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए। त्यस्तै सुरुवाती झट्का दिनेक्रममा बिक्रम सोब (२-०-१२-२) ले सोमपाल कामि र रोहन मुस्तफालाई आउट गरे। भिम सार्की, बसन्त रेग्मी र पुनित मेहराको नाममा १/१ विकेट रह्यो।

रुपन्देही च्यालेन्जर्सको ब्याटिंग

फाप्ला क्रिकेट मैदानमा हुस्सु र शितको कारणले टस ढिला भएको र खेललाई समेत असर गरेको कारण खेललाई १५ ओभरमा झारिएको थियो।

१५ ओभरको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो।

खराब सुरुवात गरेको उसका प्रदिप ऐरी गोल्डेन डक हुँदै पहिलो ओभरको दोश्रो बलमा नै क्याच आउट हुन पुगेका थिए। त्यसपछि बाबर हयातले सोमपाल कामिले गरेको इनिंगको तेस्रो ओभरको दोश्रो, तेस्रो र चौथो बलमा चौका, छक्का र पुनः अर्को छक्का प्रहार गरे। पाचौं बलमा १९ रन (१० बल) बनाई आउट भए।

तेस्रो विकेटको लागि सुमित महर्जन र बिनोद भण्डारीले ५७ रनको साझेदारी गरे। महर्जनले ३३ रन (२४ बल, २ चौका, २ छक्का) तथा भण्डारीले २४ रन (२५ बल, २ चौका) बनाए। महर्जन तेस्रो विकेटको रुपमा टिमको स्कोर ८२ रन रहँदा आउट भए।

त्यसपछि ब्याटिंग कोल्याप्स भएपछी ८२/२ को अवस्थाबाट टिमले थप १० रन जोड्दा थप ५ विकेट गुमायो। आफ्नो डेब्यु खेल खेलिरहेका सुरज दराई १ रन (३ बल), भिम सार्की २ रन (३ बल), पुनित मेहरा ६ रन (११ बल) मा आउट भए।

१३.४ ओभरमा बिक्रम सोबले आमिर हयातको बलमा २ रन लिँदै टिमको स्कोर शतक पार गराए। त्यो भन्दा अगाडीको बलमा छक्का समेत प्रहार गरेका थिए। सोबले ११ रन (९ बल) बनाए।

पारिको अन्तिम दोश्रो बलमा पवन सर्राफले बलिंग गर्दा ललित भण्डारीको आँखा नजिक लागेपछि उनि शुन्य रनमा रिटायर्ड हर्ट भए। अन्तिम बलमा बसन्त रेग्मी समेत स्टम्पिंग आउट भए। अन्तिम ब्याट्सम्यानको रुपमा अनिल खरेल अविजित रहे।

बलिंगमा पवन सर्राफले २ ओभर गर्दै १ मेडन सहित २ रन खर्चेर २ विकेट लिए। त्यस्तै बिपिन खत्री (३-०-१४-२) र कप्तान सोमपाल कामि (३-०-२३-२) ले समान २/२ विकेट लिए। आमिर हयात र रोहन मुस्तफाको नाममा १/१ विकेट रह्यो।

प्लेयर अफ द म्याच बिक्रम सोब घोषित भए।

पहिलो एघार:

रुपन्देही च्यालेन्जर्स:

बसन्त रेग्मी (कप्तान), सुरज दराई, बिक्रम सोब, ललित भण्डारी, बिनोद भण्डारी (विकेट किपर), प्रदिप ऐरी, भिम सार्की, सुमित महर्जन, बाबर हयात, पुनित मेहरा, अनिल खरेल

धनगढी स्टार्स:

सोमपाल कामि (कप्तान), राजु रिजाल (विकेट किपर), सुनिल धमला, रोबिन क्षेत्री, सन्दिप रजाली, रोहन मुस्तफा, आमिर हयात, हरि बहादुर चौहान, पवन सर्राफ, दिपेश श्रेष्ठ, बिपिन खत्री





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]