कृष्ण कार्कीले उत्कृस्ट ब्याटिंग गर्दा शिवशक्ति फाइनलमा : रुपन्देही सुपर लिग

  • विकेटनेपाल, भैरहवा, ८ चैत ।

शिवशक्ति क्रिकेट क्लब भैरहवा र साविक विजेता लुम्बिनी खुकुरी क्लब बेलहिया सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा शिवशक्तिले देवदह क्रिकेट युनिट देवदहलाई ५ विकेटले पराजित गर्दै फाइनल पुगेपछि उसले उपाधिका लागि खुकुरीसँग प्रतिस्पर्धा गर्ने भएको हो । उपाधिका लागि शनिबार स्पर्धा हुनेछ।

सेमिफाइनलमा जितका लागि देवदहबाट पाएको १ सय ८६ रनको लक्ष्य शिवशक्तिले निर्धारित ५० ओभरको खेलमा ३६.३ ओभरमा ५ विकेट क्षतिमा १ सय ८८ रन बनाउँदै पुरा गर्यो । उसका लागि कृष्ण कार्की र मनोज सुनारले नटआउट क्रमशः ६० र ४५ रनको योगदान गरे । यस्तै, सिद्धान्तराज शाहीले २४ रन बनाए । बलिङमा देवदहका प्रेम श्रेष्ठले २ तथा सुरज खड्काले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको देवदहले ७ विकेट क्षतिमा १ सय ८५ रन बनाएको थियो । उसका लागि प्रेम श्रेष्ठले ४६, विनित कार्कीले ३० तथा कीर्तिमान ढकालले २२ रन बनाए । बलिङमा शिवशक्तिका कृष्ण पराजुली र अख्तर हुसेनले २-२ तथा सिद्धान्तराज शाही, हरजित सिंह र विष्णु कटरियाले समान १–१ विकेट लिए । खेलमा कृष्ण कार्की म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५-५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् ।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]