भैरहवामा रुपन्देही सुपर लिग क्रिकेट आयोजना हुँदै

  • विकेटनेपाल, फाल्गुन १ , मंगलबार

आगामी मंगलबारदेखि भैरहवामा जिल्लास्तरीय सुपर लिग क्रिकेट हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिताको नेपाल टेलिकमले मुख्य प्रायोजन गर्नेछ। प्रतियोगिताका खेलहरु भैरहवास्थित सिद्धार्थ रंगशालामा हुनेछन्।

रुपन्देही जिल्लाका ८ “ए” डिभिजन क्लब र १३ “बि” डिभिजन क्लब गरि जम्मा २१ क्लबको सहभागिता रहने प्रतियोगिता सुपर लिगका आधारमा खेल संचालन हुनेछन्। सहभागी “बि” डिभिजनका १३ क्लबहरु मध्येबाट उत्कृस्ट ४ लाई अर्को चरणमा प्रवेश गराई डिभिजन “ए” का ८ टोलिसंग प्रतिस्पर्धा गराइनेछ।

फाल्गुन १ देखि २६ गतेसम्म संचालन हुने ५० ओभरको प्रतियोगितामा बुम रेमिट्यान्स सहप्रायोजक रहेको छ। बिजेताले नगद ७० हजार तथा उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने प्रतियोगिताको समापन गर्न करिव ७ लाख खर्च हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृस्ट खेलाडीले नगद १० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले पनि नगद ५/५ हजार र हरेक खेलका म्यान अफ दि म्याचले नगद १ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक बिनय ज्ञवालीले जानकारी दिए।

यसैबीच प्रतियोगिता अवधिभर खेलाडी, अम्पाएर र दर्शकमा आइपर्न सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आयोजक रुपन्देही क्रिकेट संघले दुर्घटना बिमा गरेको छ। आयोजक र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. भैरहवा बीच सोमबार बिमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। पत्रमा कम्पनीका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवाली र क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले हस्ताक्षर गरेका छन। सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्रबन्धक ज्ञवालीले खेल अवधिभर रंगशाला भित्र खेलाडी, अम्पायर, दर्शक मध्ये कसैको दुर्घटना भएमा उपचार खर्च र मृत्यु भएमा मृतकलाई कम्पनीले पाँच लाख उपलब्ध गराउने जानकारी दिए।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]