रुपन्देहीले दिएको १०७ रनको लक्ष्य पछ्याउँदै धनगढी

धनगढी प्रिमियर लिग अन्तर्गत सातौँ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

फाप्ला क्रिकेट मैदानमा हुस्सु र शितको कारणले टस ढिला भएको र खेललाई समेत असर गरेको कारण खेललाई १५ ओभरमा झारिएको थियो।

१५ ओभरको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १०६ रन बनाएको छ।

खराब सुरुवात गरेको उसका प्रदिप ऐरी गोल्डेन डक हुँदै पहिलो ओभरको दोश्रो बलमा नै क्याच आउट हुन पुगेका थिए। त्यसपछि बाबर हयातले सोमपाल कामिले गरेको इनिंगको तेस्रो ओभरको दोश्रो, तेस्रो र चौथो बलमा चौका, छक्का र पुनः अर्को छक्का प्रहार गरे। पाचौं बलमा १९ रन (१० बल) बनाई आउट भए।

तेस्रो विकेटको लागि सुमित महर्जन र बिनोद भण्डारीले ५७ रनको साझेदारी गरे। महर्जनले ३३ रन (२४ बल, २ चौका, २ छक्का) तथा भण्डारीले २४ रन (२५ बल, २ चौका) बनाए। महर्जन तेस्रो विकेटको रुपमा टिमको स्कोर ८२ रन रहँदा आउट भए।

त्यसपछि ब्याटिंग कोल्याप्स भएपछी ८२/२ को अवस्थाबाट टिमले थप १० रन जोड्दा थप ५ विकेट गुमायो। आफ्नो डेब्यु खेल खेलिरहेका सुरज दराई १ रन (३ बल), भिम सार्की २ रन (३ बल), पुनित मेहरा ६ रन (११ बल) मा आउट भए।

१३.४ ओभरमा बिक्रम सोबले आमिर हयातको बलमा २ रन लिँदै टिमको स्कोर शतक पार गराए। त्यो भन्दा अगाडीको बलमा छक्का समेत प्रहार गरेका थिए। सोबले ११ रन (९ बल) बनाए।

पारिको अन्तिम दोश्रो बलमा पवन सर्राफले बलिंग गर्दा ललित भण्डारीको आँखा नजिक लागेपछि उनि शुन्य रनमा रिटायर्ड हर्ट भए। अन्तिम बलमा बसन्त रेग्मी समेत स्टम्पिंग आउट भए। अन्तिम ब्याट्सम्यानको रुपमा अनिल खरेल अविजित रहे।

बलिंगमा पवन सर्राफले २ ओभर गर्दै १ मेडन सहित २ रन खर्चेर २ विकेट लिए। त्यस्तै बिपिन खत्री (३-०-१४-२) र कप्तान सोमपाल कामि (३-०-२३-२) ले समान २/२ विकेट लिए। आमिर हयात र रोहन मुस्तफाको नाममा १/१ विकेट रह्यो।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy