एलपीएलमा आन्द्रे रसेलको १४ बलमै अर्धशतक

श्रीलंकामा जारि लंका प्रिमियर लिगको चौथो खेलमा कोलोम्बो किंग्सले गाले ग्ल्याडीएटर्सलाई ३४ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

वर्षाका कारण ५/५ ओभर प्रति इनिंगमा घटाइएको खेलमा कोलोम्बोले दिएको ९७ रनको लक्ष्य पछ्याउने क्रममा गालेले ५ ओभरमा २ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो। गालेको यो लगातार दोश्रो हार हो जो अंकतालिकामा पुछारमा रहेको छ।

लक्ष्य पछ्याउने क्रममा दनुश्का गुनथिलाकाले १५ बलमा ३० रन बनाएता पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। कप्तान शाहिद अफ्रिदीले १२ तथा आजम खानले अविजित १० रन बनाए। कोलोम्बोका कैस एहमद र अशान प्रियंजनले समान १ विकेट लिए।

रसेलको १४ बलमै अर्धशतक

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा कोलोम्बोले ५ ओभरमा १ विकेट गुमाएर ९६ रन बनाएको थियो।

ओपनिंग ब्याटिंग गरेका रसेलले मात्र १९ बलमा ९ चौका र ४ छक्का मद्दतले अविजित ६५ रन बनाए। यस्तै लौरी इभान्सले १० बलमा २१ रन बनाए जुन क्रममा १ चौका र २ छक्का प्रहार गरे।

रसेलले मोहम्मद आमिरले गरेको इनिंगको पहिलो ओभरमा २ छक्का र २ चौका प्रहार गरे। त्यसपछि असिथा फर्नान्डोले गरेको दोश्रो ओभरमा रसेलले १ छक्का र ३ चौका हिर्काए।

पहिलो ११ बलमा ४४ रन बनाएका रसेलले चौथो ओभरमा मोहम्मद आमिरको बलमा चौका हिर्काउदै १४ बलमा अर्धशतक पुरा गरेका थिए। त्यसपछि रसेलले शाहिद अफ्रिदीले गरेको पाँचौ ओभरमा १ छक्का र १ चौका हिर्काए।

रसेलको इनिंग : ० , ६ , ४ , ६ , ४ , ४ , ६ , २ , ४ , ४ , ४ , १ , ४ , ४ , १ , ० , ४ , ६ , १

रेकर्डमा रसेलको इनिंग 

रसेलको इनिंग टि-२० क्रिकेटमा संयुक्तरुपमा तेश्रो छिटो अर्धशतक हो। यस अघि टि-२० क्रिकेट इतिहासमा ८ जना ब्याट्सम्यानले १४ बलमा अर्धशतक बनाएका थिए। इमरान नाजिर, केएल राहुल, कोलिन मुनरो, काइरन पोलार्ड जस्ता ब्याट्सम्यानहरुले पनि समान बलमा अर्धशतक बनाएका थिए।

सबैभन्दा छिटो अर्धशतक बनाउने किर्तिमान युभराज सिंह, क्रिस गेल र हजरतुल्लाह जजाईको नाममा रहेको छ। सिंगले इंग्ल्यान्ड बिरुद्ध २००७ मा , गेलले बिग ब्यास लिगमा २०१६ मा तथा जजाईले अफगानिस्तान प्रिमियर लिग २०१८ मा उक्त अर्धशतक बनाएका थिए। १३ बलमा अर्धशतक मार्कस ट्रेसकोथिकले २०१०को फ्रेन्ड्स प्रोभीडेन्ट टि-२० मा बनाएका थिए।

दाम्बुलाद्वारा क्यान्डी पराजित 

लिग अन्तर्गत शनिवारको पहिलो खेलमा दाम्बुला भाइकिंगले क्यान्डी टस्कर्सलाई ४ रनले पराजित गरेको थियो।

लिग अंकतालिका

दाम्बुलाले पहिलो इनिंगमा २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा क्यान्डीले ९.४ ओभरमा ३ विकेट गुमाएर ८४ रन बनाउदा वर्षाले खेल पुनः सुचारु हुन नसक्दा दाम्बुला डीएलएस मेथडमा ४ रनले विजयी भयो।

दाम्बुलाको लागि कप्तान दासुन शनाकाले ३७ बलमा ७३ तथा समित पटेलले ३८ बलमा ५८ रन बनाए। क्यान्डीका बलर नभिन उल हक र असेला गुनरत्नेले समान २ विकेट लिए। क्यान्डीको लागि कुशल मेन्डिसले अविजित ३४ तथा रहमनुल्लाह गुर्बजले ३० रन बनाएका थिए। दाम्बुलाको बलिंगमा अनवर अलि, मालिन्डा पुस्पकुमारा र लाहिरु मदुशनाकाले समान १ विकेट लिए।

लिग अन्तर्गत सोमबार पनि २ खेल हुनेछन्। पहिलो खेलमा ३:४५ बजे दाम्बुला भाइकिंग र जाफ्ना स्टालियन्स तथा दोश्रो खेल ८:१५ बजे क्यान्डी टस्कर्स र गाले ग्ल्याडीएटर्सले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]