१४ बलमै अर्धशतक बनाउदै रसेलको कीर्तिमान

वेस्टइन्डिजमा जारि करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) मा आन्द्रे रसेलले मात्र १४ बलमा अर्धशतक बनाउदै रेकर्ड बनाएका छन्।

जमैका तलावाजको प्रतिनिधित्व गर्ने क्रममा रसेलले सेन्ट लुसिया बिरुद्धको खेलमा पाँचौ नम्बरमा ब्याटिंग गर्दै १४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५० रन बनाएका हुन्।

इनिंग्सको १८ औं ओभरमा ब्याटिंग गर्न आएका रसेलले पहिलो बलमा १ रन लिएका थिए। त्यस पछि १९ औं ओभरको पहिलो बलमा वाहब रियाजलाई छक्का प्रहार गरेका उनले ओभरमा कुल ४ छक्का र १ चौका प्रहार गरे। २० औं ओभरको दोश्रो बल सामना गरेका उनले लगातार ओबेद म्याकोयलाई लगातार २ छक्का प्रहार गरे भने ओभरको अन्तिम २ बलमा चौका हिर्काउदै अर्धशतक पुरा गरेका थिए। छक्का टाईमलाईन (  १, ६, ०, १, ६, ६, ४, ६, ६, ६, ०, ० , ४, ४ )


सिपिएल टि-२० इतिहासकै यो सबैभन्दा छिटो अर्धशतक हो भने टि-२० क्रिकेटमा संयुक्त रुपमा तेश्रो छिटो अर्धशतक हो। हालसम्म टि-२० क्रिकेटमा ९ जना ब्याट्सम्यानले १४ बलमा अर्धशतक बनाएका छन्। रसेलले यस अघि गत वर्ष लंका प्रिमियर लिगमा कोलोम्बो किंग्सको प्रतिनिधित्व गर्ने क्रममा १४ बलमै अर्धशतक बनाएका थिए। टि-२० क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड युभराज सिंह, क्रिस गेल र हज्रतुल्लाह जजाईको नाममा रहेको छ जसले समान १२ बलमा अर्धशतक बनाएका थिए। इंग्ल्यान्डका मार्कस थ्रेस्कोथिकले १३ बलमा अर्धशतक बनाएका थिए।

रसेलको आक्रामक इनिंग्स मद्दतले खेलमा जमैकाले टस हारेर ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट क्षेतीमा २५५ रन बनाएको छ। यो योगफल सिपिएल टि-२० इतिहासकै दोश्रो ठूलो योगफल हो।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]