रसेल र हेटमायरलाई समाबेश गर्दै वेस्टइन्डिजद्वारा बलियो टिमको घोषणा

दक्षिण अफ्रीका, अस्ट्रेलिया र पाकिस्तान बिरुद्ध घरेलु टि-ट्वान्टी सिरिजको लागि वेस्टइन्डिजले बलियो टिमको घोषणा गरेको छ।

घोषित १८ सदस्यीय प्रारम्भिक टिममा स्टार टि-ट्वान्टी खेलाडी आन्द्रे रसेललाई समाबेश गरिएको छ भने शिमरन हेटमायरले पनि मौका पाएका छन्।

घोषित टिम : काइरन पोलार्ड ( कप्तान ) , निकोलस पुरन ( उपकप्तान ) , फाबीयन एलेन, ड्वेन ब्राभो, शेल्डन कटरेल, फिडेल एडवार्ड, आन्द्रे फ्लेचर, क्रिस गेल, शिमरन हेटमायर, जेसन होल्डर, अकिल होसेन, इभिन लुइस, ओबेद म्याकोय, आन्द्रे रसेल, लेण्डल सिमोन्स, केभिन सिन्क्लेयर, ओशेन थोमस, हेडेन वाल्श

आन्द्रे रसेलले अन्तिम पटक वेस्टइन्डिजको लागि गत वर्ष मार्चमा श्रीलंका बिरुद्ध तथा हेटमायरले न्युजिल्यान्ड बिरुद्ध गत वर्ष प्रतिनिधित्व गरेका थिए। दुवै खेलाडी आईपीएल २०२१ मा सहभागी थिए। हेटमायरले फिटनेस प्रमाणित गर्न नसक्दा यो वर्ष श्रीलंका बिरुद्ध सिरिजमा टिमबाट बाहिर गरिएको थियो।

२०१६ टि-ट्वान्टी विश्वकप जितेको वेस्टइन्डिज उपाधि रक्षा गर्ने अभियनमा छ

यस्तै शेल्डन कटरेल, ओशेन थोमस, हेडन वाल्श पनि टिममा फिर्ता भएका छन्। रोभम्यान पावेल जो श्रीलंका बिरुद्ध सिरिजमा टिममा थिए उनलाई भने टिमबाट बाहिर गरिएको छ।

भेट्रान क्रिस गेल, ड्वेन ब्राभो, फिडेल एड्वार्ड्सलाई टिममा निरन्तरता दिईएको छ भने कप्तान काईरन पोलार्डलाई निकोलस पुरनले उपकप्तानको रुपमा सघाउनेछन्।

“दक्षिण अफ्रीका, अस्ट्रेलिया र पाकिस्तान बिरुद्ध घरेलु सिरिजलाई मध्यनजर राखेर टिमको घोषणा गरिएको हो। आगामी टि-ट्वान्टी विश्वकपको लागि उत्कृस्ट टिम तयार गर्न यसले मौका प्रदान गर्नेछ।” क्रिकेट वेस्टइन्डिजका प्रमुख छनौटकर्ता रोजर हार्परले बताए।

यो सिजन वेस्टइन्डिजले तिन वटा देश बिरुद्ध १५ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। घोषित टिमले दक्षिण अफ्रीका बिरुद्ध जुन २६ मा पहिलो टि-ट्वान्टी खेल्नु अघि सेन्ट लुसियामा क्वारेन्टाइनमा बस्ने छ भने अभ्यास पनि गर्नेछ। तिन वटै सिरिजको लागि छुट्टाछुट्टै टिमको घोषणा गरिनेछ।

“हामीले अनुभवी विश्वस्तरीय म्याच विनर र उत्साहजनक युवा प्रतिभालाई समाबेश गरेर टिम घोषणा गरेका छौँ जो विश्वस्तरमा वेस्टइन्डिजको लागि उत्कृस्ट प्रदर्शन गर्न तयार छन्।” वेस्टइन्डिजका मुख्य प्रशिक्षक फिल सिमोन्सले बताए।

“हामीले विश्वकपको उपाधि रक्षा गर्न उत्कृस्ट टिम छनोट गर्नुपर्नेछ जसको लागि वातावरण तयार गर्नुपर्छ। ५ वर्ष अघि हामीले जितेका थियौं त्यसैले आगामी केहि हफ्ता र महिना पुनः उपाधि रक्षा गर्न र तेश्रो टि-ट्वान्टी विश्वकप जित्न महत्वपूर्ण हुनेछ।” सिमोन्सले थपे

वेस्टइन्डिजको यो सिजन खेलतालिका ( टि-ट्वान्टी ) 

दक्षिण अफ्रीका बिरुद्ध – जुन २६, जुन २७, जुन २९, जुलाई १, जुलाई ३

अस्ट्रेलिया बिरुद्ध – जुलाई ९ , जुलाई १०, जुलाई १२, जुलाई १४ र जुलाई १६

पाकिस्तान बिरुद्ध – जुलाई २७, जुलाई २८, जुलाई ३१, अगस्ट १ र अगस्ट ३

धेरैले पढेको 

https://wicketnepal.com/t20-world-cup-team-sankhya-icc-wn2/

https://wicketnepal.com/sanyas-firta-ab-bare-d-villiers-wn21/

https://wicketnepal.com/sachin-anxiety-12-years-wn21/

https://wicketnepal.com/sandeep-sahayog-abhian-wn21/





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]