रसेल र पावेलको विस्फोटक इनिंग, टि-१० लिगको उपाधि वारियर्सलाई

  • विकेटनेपाल, मङ्सिर १७ 

युएईमा आइतबार राति सम्पन्न टि-१० लिगको उपाधि नर्थर्न वारियर्सले जितेको छ। फाइनलमा ड्यारेन स्यामी कप्तानीको वारियर्सले शहिद अफ्रिदी कप्तानीको पक्तुन्सलाई २२ रनले पराजित गर्यो।

पख्तुन्सले पहिलो क्वालिफायरमा नर्थर्न वारियर्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। पहिलो क्वालिफायरमा पराजित भएपछि इलिमीनेटरमा वारियर्ससे मराठा अरबियन्सलाई १० विकेटले पराजित गर्दै फाइनल पुगेको थियो।

रसेल र पावेलको आक्रामक ब्याटिंग 

खेलमा टस हारेर ब्याटिंग गरेको वारियर्सले १० ओभरमा ३ विकेट गुमाएर १४० रनको योगफल तयार गरेको थियो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका रभम्यान पावेलले अविजित अर्धशतक बनाउने क्रममा ४ छक्का र ८ चौका मद्दतले २५ बलमा ६१ रन प्रहार गरे। यस्तै आन्द्रे रसेलले ३८ रन ( १२ बल, ४ छक्का र ३ चौका ) तथा कप्तान स्यामीले अविजित १४ रन ( ९ बल, १ छक्का र १ चौका ) प्रहार गरे।

वारियर्स बलर शहिद अफ्रिदी ( २-०-२१-१ ) , शरफुद्दीन अशरफ ( २-०-३२-१ ) तथा मोहम्मद इरफान ( २-०-२३-१ ) ले समान १/१ विकेट लिए।

दोश्रो इनिंग 

१४१ रनको लक्ष्य पछ्याउने क्रममा आन्द्रे फ्लेचर ( ३७ ) , शफीकुल्लाह ( २६ ) , शाहिद अफ्रिदी ( १७ ) ले विस्फोटक ब्याटिंग गरे पनि पख्तुन्स जित नजिक भने पुग्न सकेन।

फ्लेचरले ३७ रन बनाउन १८ बलमा ४ छक्का र २ चौका प्रहार गरे पछि छैठौं ओभरमा क्रिस ग्रिनले क्याच आउट गराए। अफ्रिदीले १७ रन बनाउन ७ बलमा २ छक्का हिर्काए।

नर्थर्न वारियर्सका बलर क्रिस गरिनले किफायती बलिङ्ग गर्दै २ विकेट लिने क्रममा २ ओभरमा मात्र ११ रन खर्चिए। यस्तै हार्दुस भिलजोनले २ विकेट ( २-०-२४-२ ) तथा रभी बोपारा र आन्द्रे रसेलले १/१ विकेट लिए।

फलस्वरूप १० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै पख्तुन्सले बनाउन सकेपछि उपाधि वारियर्सले जित्यो।

रभम्यान पावेल खेलको प्लेयर अफ द म्याच चुनिए। यस्तै प्रतियोगितामा कुल १८ विकेट लिएका वारियर्स बलर  हार्दुस भिलजोन प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए।

लिगमा सन्दिप लामिछाने रहेको टिम तथा प्रतियोगिताको गत बर्षको विजेता टिम केरला नाइट्सले मात्र २ जित हात पार्दै प्ले-अफ चरण प्रवेश गर्न असफल रह्यो। कुल ६ खेलमा ६ विकेट लिएका सन्दिपले सुरुको ३ खेलमा राम्रो गरे पनि त्यसपछिको खेलहरुमा भने प्रभावित पार्ने बलिङ्ग गर्न सकेनन्।

लिगको अन्तिम खेलमा शुक्रबार बेङ्गाल टाइगर्सलाई केरलाले पराजित गरे पनि सन्दिपले भने १ ओभर बलिङ्ग गर्दा २० रन खर्चेका थिए। यस्तै त्यस अघिको खेलमा नर्थर्न वारियर्स बिरुद्ध झनै महँगो सावित हुने क्रममा नेपाली गुग्लि ब्वाईले २ ओभरमा ४७ रन खर्चिएका थिए।

प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्थर्न वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको थियो।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy