रसेलको तुफानी पारि, म्याक्सवेलको आक्रामक पारिले टरेन दिल्लीको हार

  • विकेटनेपाल, बैशाख ४ – मंगलबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा कोलकत्ता नाईटराइडर्सले दिल्ली डेयरडेभिल्सलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

ईडन गार्डेन कोलकत्तामा टस हारेर पहिले ब्याटिंग गरेको कोलकाताले आन्द्रे रसेलको तुफानी पारीको मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो । रसेलले ४१ रन बनाउने क्रममा १२ बलमा ३४१ भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिंग गरेका थिए जसमा ६ छक्का सामेल थिए ।

क्रिस लायनले ३१ रन (२९ बल, ४ चौका, १ छक्का) र रबिन उथ्थाप्पाले ३५ रन (१९ बल, २ चौका, ३ छक्का) प्रहार गर्दै दोश्रो विकेटको लागि ५५ रनको साझेदारी गरेका थिए जसपछी नितिश रानाले ३५ बलमा ५ चौका र ४ छक्का सहित ५९ रनको पारि खेल्दै इनिंग उकासे ।  नितिशले रसेलसँग मिलेर पाँचौ विकेटको लागि २२ बलमा ६१ रनको साझेदारी गरेका थिए ।

बलिंगतर्फ राहुल टेवाटियाले १८ रन खर्चेर ३ विकेट (३-०-१८-३) तथा ट्रेन्ट बोल्ट (४-१-२९-२) र क्रिस मोरिसले (४-०-४१-२) समान २/२ विकेट हात पारे ।

जवाफमा उत्रेको दिल्लीले ठुलो लक्ष्य पछ्याउने क्रममा मात्र १४.२ ओभरमा सबै विकेट गुमाउंदै १२९ रन मात्र बनाउन सक्यो र ७१ रनले पराजित भयो । सुरुवाती ३ विकेट मात्र २४ रन  मा गुमाएको उसका लागि रिशव पन्त र ग्यालेन म्याक्सवेल मिलेर उकास्ने प्रयास गरेपनि सफल हुन सकेनन् । पन्तले ४३ रन बनाउने क्रममा मात्र २६ बलमा ७ चौका र १ छक्का प्रहार गरे भने म्याक्सवेलले ४७ रन मात्र २२ बलमा ३ चौका र ४ छक्का सहित हाने ।

त्यसपछि को सर्बाधिक ठुलो स्कोर गौतम गम्भीरले बनाएको ८ रन र अतिरिक्तबाट आएको समान ८ रन नै रह्यो ।

बलिंगतर्फ कोलकाताका सुनील नारायणले १८ रन खर्चेर ३ विकेट (३-०-१८-३), कुलदीप यादवले ३२ रन खर्चेर ३ विकेट (३.२-०-३२-३) विकेट लिएपछि गरेलु टोलीले सहज जित हात पार्यो । ५९ रन प्रहार गरेका कोलकाताका नितिश राना म्यान अफ द म्याच भए ।

अंकतालिका





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]