रुपन्देही सुपरलिग : शक्ति गौचनले अलराउण्ड प्रदर्शन गर्दा न्यू होराइजन फाइनलमा

प्रकाश न्यौपाने, भैरहवा, फागुन २६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा न्यू होराइजन क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङ गरेको बुद्धले निर्धारित ४४ ओभरमध्ये ४१.५ ओभरमा सबै विकेट गुमाउँदै १६१ रनको योगफल बनायो । उसका लागि अजय त्रिपाठीले ४४, रिजन प्रजुले ३९, निखिलेश यादवले १६ र कमलेश यादवले नटआउट ११ रन बनाए । बलिङमा न्यू होराइजनका लागि शक्तिप्रसाद गौचनले ८.५ ओभरमा ४ मेर्डन राख्दै ११ रन खर्चेर ४ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, पुरुषोत्तम भट्टराई र राहुल प्रजापतीले समान २/२ तथा सुमित पराजुलीले १ विकेट लिए ।

जवाफी व्याटिङ गरेको न्यू होराइजनले ४२ ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाउँदै जित निकाल्यो । उसका लागि शक्तिप्रसाद गौचनले नटआउट ४२, मनिष थापाले २७ र सुमित पराजुलीले नटआउट २४ रन बनाए । बलिङमा बुद्धका रुपेश कुर्मीले ४, रिजन प्रजूले ३ र अमित अग्रहरीले १ विकेट लिए ।

बिहीबार दोस्रो सेमिफाइनलमा वेष्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए । यी दुईबीचको विजयी टिमले उपाधिका लागि २९ गते न्यू होराइजनसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

https://wicketnepal.com/mayors-cup-news-day-5/

https://wicketnepal.com/dhoni-abaddha-seven-jodiyo-wn21/

https://wicketnepal.com/india-parajit-pieterson-aakramak-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy