दक्षिण अफ्रीकाद्वारा सिरिज क्लिन स्विप

२०७८ श्रावण १०, आईतवार ०६:५२

आयरल्याण्ड भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज भ्रमण टोलि दक्षिण अफ्रीकाले क्लिन स्विप गरेको छ।

बेलफास्ट स्थित सिभिल सर्भिस क्रिकेट क्लबमा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले ४९ रनको जित दर्ता गर्यो जुन क्रममा दक्षिण अफ्रीकाले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले २० ओभरमा ९ विकेट क्षेतीमा १४० रन मात्र बनाउन सक्यो।

आयरल्याण्डको ब्याटिंगमा कप्तान एन्ड्रयु बालबर्नीले सर्वाधिक २७ रन, क्रेग योंगले २२ रन, लोर्कान टकरले १९ रन तथा पल स्टरलिंगले १८ रन योगदान दिए।

दक्षिण अफ्रीकाको बलिंगमा जर्ज लिंडे ( ४-०-२१-२ ) , लिजाड विलियम्स ( ४-०-३०-२ ) र वियान मुल्डर ( २-०-१०-२ ) ले समान २ विकेट लिए। एन्डीले फेलुक्वायोले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा २ विकेट क्षेतीमा १८९ रन बनाएको थियो।

दक्षिण अफ्रीकाको लागि कप्तान टेन्डाई बभुमाले सर्वाधिक ७२ रन बनाए जुन क्रममा ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै रेजा हेनड्रिक्सले ४८ बलमा ७ चौका र १ छक्का मद्दतले ६९ रन तथा डेभिड मिलरले १७ बलमा ४ चौका र १ छक्का मद्दतले ३६ रन बनाए। बभुमा र हेनड्रिक्सले १२७ रनको ओपनिंग साझेदारी गरेका थिए।

आयरल्याण्डका सिमि सिंह र क्रेग योंगली समान १ विकेट लिए।

पहिलो खेलमा २८, दोश्रो खेलमा अविजित ७५ तथा तेश्रो खेलमा अविजित ३६ रन बनाएका डेभिड मिलर प्रतियोगिताको उत्कृस्ट खेलाडी चुनिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल दक्षिण अफ्रीकाले क्रमशः ३३ र ४२ रनले जितेको थियो। यस अघि सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज भने १-१ को बराबरीमा सकिएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy