दक्षिण अफ्रीकासंग श्रीलंका सहजै पराजित

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रीकाले आफ्नो आठौँ खेलमा आफ्नो दोश्रो जित निकालेको छ।

सेमीफाइनल दौड बाट दक्षिण अफ्रीका बाहिरीसकेको दक्षिण अफ्रीकाले यस अघि अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो भने पाकिस्तान, न्युजिल्याण्ड, भारत, बंगलादेश र इंग्ल्याण्डसंग पराजित भएको थियो।

हार पछि सातौँ खेलमा २ जित, ३ हार र २ नतिजाविहिन अंक सहित श्रीलंकाको सेमीफाइनल सम्भावना झिनो बनेको छ। श्रीलंकाले अब वेस्ट इन्डिज र भारतसंग खेल्न बाँकी रहेको छ।

खेलमा श्रीलंकाले दिएको २०४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १ विकेट मात्र गुमाएर ३७.२ ओभरमै पुरा गर्यो।

ओपनर क्विन्टन डीकक १५ रन बनाएर आउट भएपछि हासिम अमला र कप्तान फाफ डु प्लेसिसले शतकीय साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए।

अमलाले अविजित ८०( १०५ बलमा ५ चौका )  तथा डु प्लेसिसले अविजित ९६ रन ( १०३ बलमा १० चौका र १ छक्का )  बनाए।

श्रीलंकाको लागि एक मात्र विकेट लासिथ मलिंगाले लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २०३ रनको योगफल तयार गरेको थियो।

श्रीलंकाको कुनै पनि ब्याट्सम्यानले ठुलो योगफल बनाउन सकेनन्। कुशल परेरा र अभिस्का फर्नान्डोले सर्वाधिक ३०/३० रन बनाए। यस्तै धनन्जय डी सिल्भाले २४, कुशल मेन्डिसले २३, थिसारा परेराले २१ रन बनाए।

दोश्रो विकेटको लागि फर्नान्डो र परेराले ६७ रनको साझेदारी गरे पनि श्रीलंकाको इनिंगमा त्यसपछि ठुलो साझेदारी हुन सकेन।

दक्षिण अफ्रीकाको बलिंगमा क्रिस मोरिस ( ९.३-०-४६-३ ) र ड्वेन प्रिटोरियस ( १०-२-२५-३ ) ले ३/३ तथा कागीसो रबाडा ( १०-२-३६-२ ) ले २ विकेट लिए। एन्डीले फेलुक्वायो र जेपी डुमिनीले १/१ विकेट लिए।

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]