दक्षिण अफ्रीकासंग श्रीलंका सहजै पराजित

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रीकाले आफ्नो आठौँ खेलमा आफ्नो दोश्रो जित निकालेको छ।

सेमीफाइनल दौड बाट दक्षिण अफ्रीका बाहिरीसकेको दक्षिण अफ्रीकाले यस अघि अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो भने पाकिस्तान, न्युजिल्याण्ड, भारत, बंगलादेश र इंग्ल्याण्डसंग पराजित भएको थियो।

हार पछि सातौँ खेलमा २ जित, ३ हार र २ नतिजाविहिन अंक सहित श्रीलंकाको सेमीफाइनल सम्भावना झिनो बनेको छ। श्रीलंकाले अब वेस्ट इन्डिज र भारतसंग खेल्न बाँकी रहेको छ।

खेलमा श्रीलंकाले दिएको २०४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १ विकेट मात्र गुमाएर ३७.२ ओभरमै पुरा गर्यो।

ओपनर क्विन्टन डीकक १५ रन बनाएर आउट भएपछि हासिम अमला र कप्तान फाफ डु प्लेसिसले शतकीय साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए।

अमलाले अविजित ८०( १०५ बलमा ५ चौका )  तथा डु प्लेसिसले अविजित ९६ रन ( १०३ बलमा १० चौका र १ छक्का )  बनाए।

श्रीलंकाको लागि एक मात्र विकेट लासिथ मलिंगाले लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २०३ रनको योगफल तयार गरेको थियो।

श्रीलंकाको कुनै पनि ब्याट्सम्यानले ठुलो योगफल बनाउन सकेनन्। कुशल परेरा र अभिस्का फर्नान्डोले सर्वाधिक ३०/३० रन बनाए। यस्तै धनन्जय डी सिल्भाले २४, कुशल मेन्डिसले २३, थिसारा परेराले २१ रन बनाए।

दोश्रो विकेटको लागि फर्नान्डो र परेराले ६७ रनको साझेदारी गरे पनि श्रीलंकाको इनिंगमा त्यसपछि ठुलो साझेदारी हुन सकेन।

दक्षिण अफ्रीकाको बलिंगमा क्रिस मोरिस ( ९.३-०-४६-३ ) र ड्वेन प्रिटोरियस ( १०-२-२५-३ ) ले ३/३ तथा कागीसो रबाडा ( १०-२-३६-२ ) ले २ विकेट लिए। एन्डीले फेलुक्वायो र जेपी डुमिनीले १/१ विकेट लिए।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy