विश्वकप वार्म-अप : दक्षिण अफ्रीकासंग श्रीलंका ८७ रनले पराजित

मे ३० तारिकबाट इंग्ल्याण्डमा सुरु हुने एकदिवसीय विश्वकप अघि आज सुरु भएको अभ्यास खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई सजिलै पराजित गरेको छ।

कार्डिफमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै दक्षिण अफ्रीकाले ३३८ रन बनाएपछि ब्याटिंग गरेको श्रीलंकाले दोश्रो इनिंगमा २५१ रन मात्रै बनाउन सक्यो र ८७ रनले पराजित हुन पुग्यो।

दक्षिण अफ्रीकालाई जिताउन एन्डीले फेलुक्वायोले सर्वाधिक ४ विकेट ( ७-०-३६-४ ) तथा लुंगी एनगिडीले २ विकेट ( ६-२-१२-२ ) लिए। इमरान ताहिर, ड्वेन प्रिटोरिओस र जिन पौल डुमिनीले १/१ विकेट लिए।

श्रीलंकन कप्तान तथा ओपनर डिमुथ करुनारत्नेले सर्वाधिक ८७, एन्जेलो म्याथुजले ६४ तथा कुशल मेन्डीसले ३७ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन।

दक्षिण अफ्रीका ब्याटिंग 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा दक्षिण अफ्रीकाले ५० ओभरमा ७ विकेट गुमाएर ३३८ रन बनाएको थियो। ठुलो योगफल तयार गर्न कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ८८ रन ९ ६९ बलमा ७ चौका र ४ छक्का ) , हाशिम अमलाले ६५, भान डर डुसेनले ४० रन योगदान दिए।

श्रीलंकन बलर  सुरंगा लक्मल र नुवान प्रदिपले २/२ विकेट लिए।

विश्वकप अन्तर्गत दक्षिण अफ्रीकाले उद्घाटन खेलमा मे ३० मा इंग्ल्याण्डसंग खेल्ने छ। यस्तै श्रीलंकाले जुन १ तारिकमा न्युजिल्याण्डसंग खेल्दै सुरुवात गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy