२ जना दक्षिण अफ्रिकी क्रिकेटरमा देखियो कोरोना

२०७७ भाद्र ४, बिहीबार १७:१०

दक्षिण अफ्रिकी क्रिकेट टिमका २ जना खेलाडीहरुलाई कोभिड-१९ पोजेटिभ देखिएको छ। क्रिकेट दक्षिण अफ्रीकाले ५० जना खेलाडी तथा सहायक स्टाफहरुको परिक्षण गरेको थियो।

क्रिकेट दक्षिण अफ्रीकाले संक्रमित खेलाडीहरुको नामको भने खुलासा गरेको छैन। अगस्ट १८ देखि २२ सम्म आयोजना गर्न लागेका अभ्यास क्याम्प ( कल्चरल क्याम्प ) अघि ३२ खेलाडीको टेस्ट गरिएको थियो। संक्रमित खेलाडीहरु आइसोलेसनमा बस्नु पर्नेछ जो क्याम्पमा सहभागी हुन पाउनेछैनन्।

बोर्डले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै बताएको छ – “दुइ खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ जसको बिकल्पमा खेलाडीहरुको घोषणा गरिएको छैन। जो अभ्यास क्याम्पमा सहभागी हुन पाउने छैनन् उनीहरु अनलाइनमार्फत जोडिनेछैन।”

क्यापमा फाफ डु प्लेसिस सहभागी हुने छैनन्। उनको दोश्रो सन्तान जन्मन लागेको हुँदा पारिवारिक कारण देखाउदै नाम फिर्ता लिएका हुन्।क्याम्पको आयोजना दक्षिण अफ्रीका क्रिकेटमा हुने गरेको जातीय भेदभाव बिरुद्ध भावना राख्दै गरिएको हो।

क्रिकेट दक्षिण अफ्रीकाले जुलाईमा महिला क्रिकेट टिमको पनि अभ्यास क्याम्प आयोजना गरेको थियो जसमा ३ जना सदस्य र सहयोगी स्टाफको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

कोरोना महामारीका कारण लामो समय देखि ठप्प भएको क्रिकेट गतिविधिले अब विस्तारै गति पाउन थालेको छ।

यो पनि पढ्नुस :- 

https://wicketnepal.com/sandeep-2nd-m-prev-cpl-wn20/

https://wicketnepal.com/cpl-t20-m3-report-wn20/

https://wicketnepal.com/aaron-finch-target-2023-wc-wn20/

https://wicketnepal.com/cpl-t20-m4r-wn20/

https://wicketnepal.com/nep-wc-l-2-wn20-practice-postponed-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy