श्रीलंका बिरुद्ध दक्षिण अफ्रीकाको सिरिज क्लिन स्विप, डीकक उत्कृस्ट

क्विन्टन डीककले सिरिजमा शानदार प्रदर्शन गर्दा घरेलु टोलि श्रीलंका बिरुद्धको तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज दक्षिण अफ्रीकाले क्लिन स्विप गरेको छ।

कोलोम्बो स्थित आर प्रेमदासा स्टेडियममा सम्पन्न तेश्रो खेलमा श्रीलंकाले दिएको १२१ रनको लक्ष्य दक्षिण अफ्रीकाले १४.४ ओभरमै भेटायो। क्विन्टन डीकक र रेजा हेन्ड्रिक्सले १२१ रनको ओपनिंग साझेदारी गर्दै टिमलाई सहज जित दिलाए। डीककले ५९ तथा हेन्ड्रिक्सले ५६ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट क्षेतीमा १२० रन बनाएको थियो। उसको लागि ओपनर कुसल परेराले सर्वाधिक ३९, चमिका करुनारत्नेले अविजित २४, दासुन शनाकाले १८, अभिस्का फर्नान्डोले १२ रन तथा कमिन्दु मेन्डिसले १० रन योगदान दिए। तेश्रो विकेटको लागि परेरा र मेन्डिसले गरेको ३४ रनको साझेदारी इनिंग्समा सर्वाधिक रह्यो।

दक्षिण अफ्रीकाको बलिंगमा बिजोर्न फर्चुन ( २/२१ ) र कागीसो रबाडा ( २/२३ ) ले समान २ विकेट तथा एडेन मारक्रम, केशब महाराज र वियान मल्डरले समान १ विकेट लिए।

सिरिजको तिन खेलमा क्रमशः ३६, ५८* र ५८* रन बनाएका क्विन्टन डीकक प्लेयर अफ द सिरिज चुनिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल दक्षिण अफ्रीकाले २८ रन र ९ विकेटले जितेको थियो। दुई देश बीच यस अघि सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज भने श्रीलंकाले २-१ ले जितेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy