भारत बिरुद्ध दक्षिण अफ्रीकाको कीर्तिमानी जित

पहिलो खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै भ्रमण टोलि दक्षिण अफ्रीकाले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता लिएको छ।

दिल्ली स्थित अरुण जेटली स्टेडियममा भारतले दिएको २१२ रनको लक्ष दक्षिण अफ्रीकाले मात्र ३ विकेट गुमाएर १९.१ ओभरमा भेटायो। यो नै टि-ट्वान्टी अन्तर्राष्ट्रियमा दक्षिण अफ्रीकाले पछ्याएको सबैभन्दा ठूलो योगफल हो।

८१ रन बनाउदा ३ विकेट गुमाएको अवस्थामा चौंथो विकेटको लागि रसी भान डर डुसेन र डेभिड मिलरले शतकीय साझेदारी गर्दै जिततर्फ डोर्याए। दुवैले ६४ बलमा १३१ रनको अविजित साझेदारी गरे। डुसेनले ४६ बलमा ७ चौका र ५ छक्का मद्दतले ७५ तथा मिलरले ३१ बलमा ४ चौका र ५ छक्का मद्दतले ६४ रन बनाए। ड्वेन प्रिटोरियसले २८, क्विन्टन डीककले २२ रन बनाए।

भारतको बलिंगमा भुवनेश्वर कुमार, हर्षल पटेल र अक्षर पटेलले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट क्षतिमा २११ रन बनायो।

भारतको लागि ओपनर इशान किशनले सर्वाधिक ७६ रन बनाए जुन क्रममा ४८ बलमा ११ चौका र ३ छक्का प्रहार गरे। किशनले रुतुराज गायकवाडसंग ५७ रनको तथा श्रेयस ऐयरसंग ८० रनको साझेदारी गरे। गायकवाडले २३ तथा ऐयरले ३६ रन बनाए। कप्तान रिशभ पन्तले २९ रन बनाउदा आक्रामक ब्याटिंग गर्दै हार्दिक पान्ड्याले मात्र १२ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३१ रन बनाए।

दक्षिण अफ्रीकाको बलिंगमा केशव महाराज, एन्रिक नोर्किया, वायन पार्नेल र ड्वेन प्रिटोरियसले १/१ विकेट लिए।

सिरिजको दोश्रो खेल १२ जुनमा खेलिनेछ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]