T20WC : ५८ रनले खेल जिते दक्षिण अफ्रीका सेमीफाइनल पुग्ने

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरण अन्तर्गत समुह ‘१’ को अन्तिम खेलमा दक्षिण अफ्रीका र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहेका छन्।

शारजाह स्टेडियममा टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा २ विकेट क्षेतीमा १८९ रन बनाउदै इंग्ल्यान्डलाई १९० रनको लक्ष्य प्रस्तुत गरेको छ। दक्षिण अफ्रीका सेमीफाइनल पुग्नको लागि खेल ५८ रनले जित्नुपर्नेछ अर्थात् इंग्ल्यान्डलाई १३१ रन भित्र रोक्नु पर्नेछ। इंग्ल्यान्डले ८६ रन बनाएको खण्डमा इंग्ल्यान्ड सेमीफाइनल पुग्नेछ भने १३१ रन बनाएको खण्डमा अस्ट्रेलिया सेमीफाइनल पुग्नेछ।

दक्षिण अफ्रीकाको ब्याटिंगमा रसि भान डर डुसेनले सर्वाधिक ९४ रन बनाए जुन क्रममा अविजित रहँदै उनले ६० बलमा ५ चौका र ६ छक्का प्रहार गरे। डुसेनको स्कोर टि-२० विश्वकपमा दक्षिण अफ्रिकी ब्याट्सम्यानको इतिहासकै ठूलो व्यक्तिगत स्कोर हो। यस्तै एडेन मारक्रमले २५ बलमा २ चौका र ४ छक्का मद्दतले अविजित ५२ रन बनाए। क्विन्टन डीककले ३४ रन बनाए।

डुसेनले दोश्रो विकेटको लागि डीककसंग ७१ रनको साझेदारी गरे। बाह्रौं ओभरमा डीककलाई आदील रशिदले क्याच आउट पारेपछि डुसेन र मारक्रमले तेश्रो विकेटको लागि ५२ बलमा १०३ रनको अविजित साझेदारी गरे। इंग्ल्यान्ड बलर मोइन अलि ( ४-०-२७-१ ) र आदील रशिदले ( ४-०-३२-१ ) ले समान एक विकेट लिए।

समुह ‘१’ अंकतालिकामा इंग्ल्यान्ड ४ खेलमा ८ अंक सहित +३.१८३ को बलियो नेट रन रेट सहित पहिलो स्थानमा छ भने अस्ट्रेलिया ५ खेलमा ८ अंक सहित +१.२१६ नेट रन रेट सहित दोश्रो स्थानमा छ। दक्षिण अफ्रीकाको ४ खेलमा ६ अंक छ भने नेट रन रेट +०.७४२ छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]