T20WC : अस्ट्रेलियाबिरुद्ध दक्षिण अफ्रीकाको कमजोर ब्याटिंग

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको पहिलो खेलमा दक्षिण अफ्रीका र अस्ट्रेलिया बीच युएईको शेख जायद स्टेडियम अबुधाबीमा सुरु भएको छ।

टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ९ विकेट क्षेतीमा ११८ रन बनाउदै अस्ट्रेलियालाई ११९ रनको लक्ष्य प्रस्तुत गरेको छ। उसको लागि एडेन मारक्रमले सर्वाधिक ४० रन बनाए भने कागीसो रबाडाले अविजित १९, डेभिड मिलरले १६, हेनरिच क्लासेनले १३ तथा कप्तान तेम्बा बभुमाले १२ रन बनए।

खराब सुरुवात गरेको दक्षिण अफ्रीकाले सुरुवाती ४ विकेट ४६ रनमै गुमाउन पुग्यो। पाँचौ विकेटको लागि एडेन मारक्रमले डेभिड मिलरसंग ३४ रन जोडे। चौधौं ओभरमा मिलर एडम जाम्पाबाट एलबिडब्लु आउट भएपछि पुनः लगातार विकेट गुम्न पुग्यो। एक किनार सम्हालीरहेका मार्कक्रम सत्रौं ओभरमा मिचेल स्टार्कबाट क्याच आउट भए। नवौं विकेटको लागि कागीसो रबाडा र एनरिक् नोर्कियाले १७ रनको साझेदारी गर्दै महत्वपूर्ण रन जोडे। अन्तिम ५ ओभरमा २ विकेट गुम्दा ३५ रन बन्यो।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क ( ४-०-३२-२ ), जोश हेजलवुड ( ४-१-१९-२ ) र एडम जाम्पाले ( ४-०-२१-२ )समान दुई विकेट लिए। ग्लेन म्याक्सवेल ( ४-०-२४-१ ) र प्याट कमिन्सले ( ४-०-१७-१ ) समान एक विकेट लिए।

सुपर-१२ चरण अन्तर्गत १२ वटा टिमहरुले ६/६ वटा टिमको दुईवटा समुहमा रहेर प्रतिस्पर्धा गर्नेछन्। समुह ‘१’ मा श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र इंग्ल्यान्ड छन्। समुह ‘२’ मा स्कटल्याण्ड, नामिबिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र अफगानिस्तान छन्। दुवै समुहमा रहेका टिमहरुले एक अर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट हुने दुई टिम सेमीफाइनल प्रवेश गर्नेछ।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]