बंगलादेशले पायो दक्षिण अफ्रिकाबाट ११४ रनको लक्ष्य

काठमाडौं । दक्षिण अफ्रिकाले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको २१ औं खेलमा बंगलादेशलाई १ सय १४ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको न्युयोर्कमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए । डेबिड मिलरले ३८ बलमा १ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए ।

४ दशमलब २ ओभरमा २३ रनमा ४ विकेट गुमाएको दक्षिण अफ्रिकाका क्लासेन र मिलरले पाँचौ विकेटका लागि ७९ बलमा ७९ रनको महत्पुर्ण साझेदारीका साथ मध्यम योगफलसम्म पुर्याउन योगदान गरे ।

ओपनर क्विटन डि ककले ११ बलमा १८ रन बनाए ।

बंगलादेशका लागि तान्जिम हसन सकिबले तीन तथा तस्किन अहमदले दुई विकेट लिए ।

आफुले खेलेका दुवै खेलमा जितका साथ दक्षिण अफ्रिका समूह डी को शीर्ष स्थानमा छ । यस खेलमा जित निकाल्दै दक्षिण अफ्रिका सुपर आठमा स्थान पक्का गर्ने पहिलो टोली बन्न चाहन्छ ।

उता, प्रतियोगितामा पहिलो खेलमा श्रीलंकालाई हराउँदै उच्च मनोबलका साथ न्यूयोर्क आएको बंगलादेश पनि यो खेल जितेर सुपर आठको सम्भावना बलियो बनाउन चाहन्छ ।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]