बंगलादेशलाई रोमान्चक रुपमा हराउँदै दक्षिण अफ्रिकाको अपराजित यात्रा कायमै

२०८१ जेष्ठ २९, मंगलवार ०८:२०

काठमाडौं । बंगलादेशलाई रोमान्चक रुपले पराजित गर्दै दक्षिण अफ्रीकाले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको आइसीसी टी-२० विश्वकपमा अपराजित यात्रा कायमै राखेको छ ।

अमेरिकाको न्युयोर्कमा सोमबार राती सपन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेश माथि ४ रनको जित दर्ता गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि टोहिड हृदोयले ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३७ तथा महमदुल्लाहले २० तथा नज्मुल हसन शान्टोले १४ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले तीन तथा कागीसो रबाडा र एनरिक नोर्ट्जेले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन जोड्यो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे । डेविड मिलरले ३८ बलमा २९ तथा ओपनर क्विन्टन डी ककले ११ बलमा १८ रन जोडे ।

बंगलादेशका लागि तान्जिम सकिबले सर्वाधिक ३ विकेट लिए भने तास्किन अहमदले २ तथा रिशाद होस्सेनले १ विकेट लिए ।

जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको तीन खेलमा छ अंकका साथ शीर्ष स्थानमा छ ।

https://youtu.be/x5ABnznRwwk?si=h0mcTPXHOX7sUT31

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy