टि-२० विश्वकप : रोसुको शतकमा दक्षिण अफ्रीकाको कीर्तिमानी विशाल जित

बंगलादेश बिरुद्ध कीर्तिमानी विशाल जित दर्ता गर्दै दक्षिण अफ्रीकाले अस्ट्रेलियामा जारि टि-२० विश्वकपको सुपर-१२ चरणमा पहिलो जित दर्ता गरेको छ। वर्षाका कारण आफ्नो पहिलो खेलमा दक्षिण अफ्रीकाले जिम्बाब्वेसंग अंक बाँड्नु परेको थियो। बंगलादेशले पहिलो खेलमा नेदरल्याण्डलाई पराजित गरेको थियो।

सिड्नी क्रिकेट ग्राउण्डमा दक्षिण अफ्रीकाले १०४ रनको विशाल जित दर्ता गर्यो। दक्षिण अफ्रीकाले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेशले १६.३ ओभरमा १०१ रन मात्र बनायो।

१०४ रनको जित बंगलादेश बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रीकाको इतिहासकै विशाल रन अन्तरको जित हो भने समग्रमा टि-२० अन्तर्राष्ट्रियको दोश्रो ठूलो रन अन्तरको जित हो। स्कटल्याण्ड बिरुद्ध २००९ मा १३० रनको जित दक्षिण अफ्रीकाको सबैभन्दा विशाल रनअन्तरको जित हो।

लक्ष्य पछ्याउने क्रममा बंगलादेशको लागि लिटन दासले सर्वाधिक ३४ रन, सौम्य सरकारले १५ रन बनाए। दक्षिण अफ्रिकी पेसर एनरिक नोर्कियाले ४ विकेट ( ३.३-०-१०-४ ) तथा तब्रेज शाम्सीले ३ विकेट ( ४-०-२०-३ ) बंगलादेश इनिंग्स ध्वस्त पारे। कागीसो रबाडा र केशव महाराजले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट क्षेतीमा २०५ रन बनायो।

दक्षिण अफ्रीकाको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका राइली रोसुले विस्फोटक शतक बनाउने क्रममा १०९ रन बनाए जुन क्रममा ५६ बलमा ७ चौका र ८ छक्का प्रहार गरे।  क्विन्टन डीककले ३८ बलमा ७ चौका र ३ छक्का मद्दतले ६३ रन बनाए। दोश्रो विकेटको लागि रोसु र डीकक्ले १६९ रनको साझेदारी गरे।

प्लेयर अफ द म्याच घोषित रोसुको यो लगातार दोश्रो टि-२० अन्तर्राष्ट्रिय शतक हो। यस अघि उनले यसै महिना भारत बिरुद्ध अविजित १०० रन बनाएका थिए।

बंगलादेशको बलिंगमा शाकिब अल हसनले २ विकेट, तास्किन एहमद, हसन महमुद र अफिफ होसेनले १/१ विकेट लिए।

अंकतालिका 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]