विश्वकप : आर्चर र स्टोक्सले उत्कृस्ट प्रदर्शन, इंग्ल्याण्डसंग दक्षिण अफ्रीका सहजै पराजित

इमरान ताहिरले इनिंगको दोश्रो बलमै इंग्ल्याण्ड ओपनर बेयरस्टोको विकेट लिंदै दक्षिण अफ्रीकाको खुसिले सुरु भएको खेललाई घरेलु टिमले एकतर्फी ढंगले जित्दै विश्वकपमा विजयी सुरुवात गरेको छ ।

१२ औं संस्करणको एकदिवसीय विश्वकपमा उपाधि जित्न सबैभन्दा दाबेदार टिम मानिएको इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गर्दै जित हाँसिल गरेको हो।

टस हारेको इंग्ल्याण्डले पहिले ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३११ रन बनाएको थियो। ३१२ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकाले कमजोर ब्याटिंग गर्दै ३९.५ ओभरमा २०७ रनमै सबै विकेट गुमाउन पुग्यो।

इंग्ल्याण्डलाई जिताउन तिब्र गति बलर जोफ्रा आर्चरले ३ विकेट ( ७-१-२७-३ ) लिंदै इंग्ल्याण्ड मध्यक्रम ध्वस्त पारे। यस्तै बेन स्टोक्सले २ ( २.५-०-१२-२ ) र लियाम प्लंकेटले २/२ विकेट लिए।आदील रशिद ( ८-०-३५-१ ) र मोइन अलि ( १०-०६३-१ ) ले १/१ विकेट लिए।

दक्षिण अफ्रीकाको लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ६८ तथा रस्सी भान डर डुसेनले ५० रन बनाए ।

दक्षिण अफ्रिकी ओपनर हाशिम अमला ५ रन बनाएको अवस्थामा जोफ्रा आर्चरले गरको बलले हेल्मेट ग्रिलमा लागेपछि रिटायर्ड हर्ट भएका थिए। अमला ६ विकेट गुमेपछि मात्रै ब्याटिंग गर्न आए जुन बेला दक्षिण अफ्रीका हार तिर अघि बढीसकेको थियो ।

इंग्ल्याण्डको ब्याटिंग 

केंनिंगटल ओभल मैदानमा यस अघि टस हारेर ब्याटिंग गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३११ रनको योगफल तयार गरेको थियो।

घरेलु टिमको लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन ( ७९ बलमा ९ चौका ) बनाए भने कप्तान ओएन मोर्गनले ५७, जेसन रोयले ५४ तथा जोय रुटले ५१ रन बनाएका थिए।

पहिलो ओभरको दोश्रो बलमा इमरान ताहिरले जोनी बेयरस्टोको विकेट लिएपछि जेसन रोय र जोय रुटले दोश्रो विकेटको लागि शतकीय ( १०६ रन )साझेदारी गरेका थिए। यस्तै स्टोक्स र मोर्गनले पनि १०६ रनकै साझेदारी गरे। एक किनारमा विकेट गुमे पनि स्टोक्स ले ४९ औं ओभरसम्म ब्याटिंग गरेका थिए।

दक्षिण अफ्रीकाको लागि लुंगी एनगीडी ले सर्वाधिक ३ विकेट ( १०-०-६६-३ ) तथा इमरान ताहिर ( १०-०-६१-२ ) र कागीसो रबाडा  ( १०-०-६६-२ ) ले २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत भोलि वेस्ट इन्डिज र पाकिस्तान बीच खेल हुनेछ। १० टिम सहभागी विश्वकपमा सबै टिमले एक अर्कासंग खेलेपछि अंकतालिकामा उत्कृस्ट ४ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]