दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सबाट पायो १०४ रनको लक्ष्य

काठमाडौं । नेदरल्यान्ड्सले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको सोह्रौं खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको न्युयोर्कमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि साईब्रान्ड एङ्गलब्रेथले ४५ बलमा २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाए । लगन भान बिकले २२ बलमा २३ तथा विक्रमजित सिंहले १२ रन बनाए । सातौं विकेटका लागि एङ्गलब्रेथ र भान बिकले ४५ बलमा ५४ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफलसम्म पुर्याएका थिए ।

दक्षिण अफ्रिकाका लागि ओटनिल ब्राटम्यान चार तथा मार्को यानसन र एनरिक नोर्कियाले समान दुई दुई विकेट लिए ।





थप समाचार

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]