दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सबाट पायो १०४ रनको लक्ष्य

२०८१ जेष्ठ २६, शनिबार २१:४८

काठमाडौं । नेदरल्यान्ड्सले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको सोह्रौं खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको न्युयोर्कमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि साईब्रान्ड एङ्गलब्रेथले ४५ बलमा २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाए । लगन भान बिकले २२ बलमा २३ तथा विक्रमजित सिंहले १२ रन बनाए । सातौं विकेटका लागि एङ्गलब्रेथ र भान बिकले ४५ बलमा ५४ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफलसम्म पुर्याएका थिए ।

दक्षिण अफ्रिकाका लागि ओटनिल ब्राटम्यान चार तथा मार्को यानसन र एनरिक नोर्कियाले समान दुई दुई विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy