दक्षिण अफ्रीकाद्वारा न्युजिल्याण्डलाई २४२ रनको लक्ष्य

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत २५ औं खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रीका प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा पहिले ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित ४९ ओभरमा ६ विकेट गुमाएर २४१ रन बनाएको छ। भिजेको आउटफिल्डका कारण खेल १ ओभर घटाइएको थियो।

एजब्यासटन मैदानमा टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाको लागि रस्सी भान डर डुसेनले सर्वाधिक अविजित ६७ रन बनाए जुन क्रममा ६४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै हाशिम अमलाले ५५, एडेन मारक्रमले ३८ तथा डेभिड मिलरले ३६ रन बनाए।

रस्सी भान डर डुसेन र डेभिड मिलरलले पाँचौ विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए।

न्युजिल्यान्डको लागि बलिंगमा लकी फर्गुसनले ३ विकेट ( १०-०-५९-३ ) तथा ट्रेन्ट बोल्ट ( १०-०-६३-१ ) , कोलिन डी ग्रयाण्डहोम ( १०-०-३३-१ ) र मिचेल स्यांटनर ( ९-०-४५-१ ) ले १/१ विकेट लिए। म्याट हेनरीले विकेट नलिए पनि १० ओभरमा २ मेडन गर्दै ३४ रन मात्र खर्चिए।

प्रतियोगितामा दक्षिण अफ्रीकाले ५ खेल खेल्दा १ जित बेहोर्दा ३ हार १ खेल नतिजाविहिन रहेको थियो। न्युजिल्याण्डले भने ४ खेलमा ३ जित बेहोरेको छ भने १ खेल नतिजा विहिन रहेको थियो।

दक्षिण अफ्रीकाको नतिजा :- 

अफगानिस्तानसंग ९ विकेटले विजयी , वेस्ट इन्डिजसंग खेल नतिजा विहिन , भारतसंग ६ विकेटले पराजित , बंगालदेशसंग २१ रनले पराजित

न्युजिल्याण्डको नतिजा :-

भारतसंग खेल नतिजा विहिन , अफगानिस्तानसंग ७ विकेटले विजयी , बंगलादेशसंग २ विकेटले विजयी , श्रीलंकासंग १० विकेटले विजयी





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]